देशमा निम्तियो साँच्चैको तेल संकट, जोरविजोरदेखि विमानलाई छुट्टै निर्देशनसम्म


petrolसरकारले आजदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उहाँले जानकारी दिनुभयो । यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरूपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ । पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो ।सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ । अर्कोतर्फ नेपाल आउने विमानहरुलाई ईन्धनको व्यवस्था गरेर नै नेपाल आउन र फर्कन पनि सरकारी तवरमा आग्रह गरिएको छ । नेपालमा उडान भर्ने सबै विमान कम्पनीलाई पत्र लेखेर उड्डयन प्राधिकरणले यस्तो अनुरोध गरेपछि देशमा तेलको संकट उत्कर्षमै पुगिसकेको प्रष्ट भएको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर देशलाई माया गर्नेहरुले सार्वजनिक सवारीका साधन चढ्न थालेका छन् भने यसको वैकिल्पक बाटो खोज्न सरकारले पहल थाल्नुपर्ने माग समेत हुन थालेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?