२२५ इन्डोनेसियाली तीर्थयात्री बेपत्ता


makkaमक्कामा गएको बिहीबार भएको भागदौड पछिको दुर्घटनाका कारण २२५ इन्डोनेसियाली तीर्थयात्री बेपत्ता भएको यहाँको सरकारले जनाएको छ । इन्डोनेसियाको बाटम, सुरावय तथा राजधानी जाकार्ता हुँदै मक्का गएका तीर्थयात्रीमध्ये २२५ वेपत्ता भएको, हजका लागि इन्डोनेसियाबाट साउदी अरव गएका तीर्थयात्रीहरुका टोली नेताहरुबाट जानकारी आएको यहाँको धर्मसम्बन्धित मामिला हेर्ने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । कतिपय तीर्थालु आफ्नै तरिकाले पनि हजका लागि गएकोले बेपक्ता सङ्ख्या यो भन्दा बढी पनि पुगन सक्ने उक्त विज्ञप्तिमा जनायएको छ। मश्जिद नजिकै टेन्ट टाँगी बसिरहेका ती तिर्थालु अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरुको घटनामा मृत्यभएको वा बिरामी पनि भएको हुनसक्ने जीवित तीर्थयात्रीको बुझाइ छ । इन्डोनेसियाबाट यसवर्ष लाख ६८ हजार तीर्थयात्री हजका लागि मक्का पुगेका सरकारले बताएको छ । बिहीबार हज मनाउने शिलशिलामा धार्मिक परम्पराअनुसार सैतानलाई दुङ्गा हान्ने क्रममा भागदौड हुँदा ७१७ जनाको मृत्युभएको थियो भने सयौँ अन्य घाइतेभई विभिन्न अस्पतालमा उपचाररत छन् । मक्कामा भागदौड बाट भएको मृतक सङ्ख्या ७६९ पुगेका साउदी अरवको स्वास्थ्य मन्त्री खालिद अलफालियाले शनिबार बताउनुभएको छ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न गएका ७१७ तीर्थयात्रीको बिहीबार ज्यान गएको थियो । भागदौडका क्रममा गम्भीर घाइते भई मारिनेको सङ्ख्या बढ्दै गएको पनि अधिकारीहरुले जनाएका छन् । साउदी अरेबियाको हज कमिटीका अध्यक्षले शुक्रबार ७०० भन्दा बढीको ज्यान गएको जानकारी दिएका  थिए । घटनामा सयौं तीर्थयात्री भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?