अफगानिस्तानमा १४८ विस्फोटक पदार्थ निष्क्रिय
अफगानिस्तानको सेनाले देशको विभिन्न ठाउँमा विछ्याई राखिएका १४८ विस्फोटक पदार्थलाई गएको चार दिनभित्र निष्क्रिय पारेको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । अफगानी राष्ट्रिय सेनाको इन्जिनियरको समूहद्वारा देशको विभिन्न ठाउँमा विद्रोहीद्वारा विछ्याइएका साना–ठूला विस्फोटक पदार्थ तथा बारुदी सुरुङलाई निष्क्रिय पारेको, रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय अफगानी तालिवान समूहहरुले ठूलो सङ्ख्यामा विस्फोटक पदार्थ तथा बारुदी सुरुङलाई यहाँको सुरक्षाकर्मीलाई निशाना बनाई प्रयोग गर्दै आएको छ । उक्त प्रयोजनका लागि यत्रतत्र छोडिएका विस्फोटक पदार्थको विस्फोट हुँदा कैयाँै नागरिकको पनि ज्यान जाने गरेका घटना आउने गरेका छन् । शनिबार भएको एक विस्फोटमा परी एक नाबालक तथा उनकी आमाका साथै दुई जना अरू नागरिकको पनि मृत्यु भएको थियो । गएको जनवरीदेखि अफगानिस्तानमा नेटो नेतृत्वको सुरक्षा कारबाहीपछि तालिबानी समूहले आफ्नो आक्रमणलाई बढी हिंसात्मक बनाउँदै आएको छ ।