सरकार बन्न अझै एक महिना लाग्ने काँग्रेस महामन्त्री सिटौलाको भनाई


sitaulaनेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको शिलान्यास गर्दै उहाँले अब बन्ने नयाँ सरकार बहुमतीय प्रक्रियाबाट नबन्ने निश्चित भएको जिकिर समेत गर्नुभयो । नेता सिटौलाले जारी संविधानमा चित्त नबुझाएका दलले सङ्घीयता, सीमाङ्कन, प्रदेश लगायत विषय बाहेक अन्य सबै विषयमा सहमति जनाएको धारणा राख्नुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएकोरु तीन करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो । कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा (एमाले)का क्षेत्रीय सभापति जीवन श्रेष्ठलगायतले संविधान जारीपछिको अबको बाटो देश विकास निर्माणतर्फ हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?