साउदी अरेबियामा मृत्युहुने इरानी हजयात्री ४६४ जना


गत हप्ता साउदी अरेबियामा भएको हजयात्रीबीचको दुर्घटनामा परी मृत्यु हुने इरानी नागरिकको सङ्ख्या ४६४ पुगेको समाचार छ ।makka इरानी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका हुन् । उक्त दुर्घटनाको आज सात दिनपछिको तथ्याङ्कअनुसार ४६४ जना इरानी नागरिकको मृत्यु भएको छ । गत बिहीबार साउदी अरेबियाको मक्का नजिकैको मिना सहरमा यजयात्रीको भागदौडमा परी सात सयभन्दा बढी हजयात्री मारिएका छन् । राम्रो सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै इरानले आफ्ना नागरिकको मृत्युका विरुद्धमा आपूmले उजुरी गर्ने जनाएको छ ।
साउदी अरेबियाको आलोचना
मक्का मदिनामा गएको बिहीबार भएको भागदौडका कारण ७०० भन्दा बढीको जनाको ज्यान गएपछि साउदी अरेबियाको व्यापक आलोचना भएको छ । सो हजयात्रामा विश्वका कैयौँ देशका नागरिकको ज्यान गुमाएपछि साउदी सरकारको व्यापक आलोचना भएको हो । आफ्ना नागरिक गुमाएका विभिन्न देशले सो दुर्घटना हुनुमा सुरक्षा कमजोरी रहेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी साउदी सरकारले लिनुपर्ने बताएका हुन् । उनीहरुले साउदी सरकारको आलोचना पनि गरेका छन् । सो घटनापछि साउदी अरेबियाका राजा सलमानले त्यहाँको हज कमिटीको पुनर्विचार गर्न आदेश पनि दिनुभएको छ । उहाँले सो कमिटीको नेतृत्वले सुरक्षामा भएको कमजोरीको बारेमा विश्लेषण गर्न आदेश दिनुभएको बताइएको छ । साउदी अरेबियाका गृहमन्त्रीले भने सुरक्षामा कमी भएको भन्ने भनाइको खण्डन गरेका छन् । उनले सुरक्षामा कुनै कमी नआएको र लाखौँको भीड आफै अनियन्त्रित भएको बताएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?