आक्रमण आइएसलक्षित छ– रसियाली विदेशमन्त्री
रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिनुभएको छ । रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको आरोपका बीच विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो । यस भनाईपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री लाभरोभले भन्नुभयो– हवाई कारबाही अन्यत्रै लक्षित भएको भन्ने भनाई गलत हो, यस्तो हुन सक्दैन । न्ययोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटपछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूलाई सो आक्रमणका बारेमा सबै सूचना रहेको र सो आक्रमण नागरिकमा कुनैपनि हालतमा लक्षित नरहेको पनि बताउनुभयो । रसियाले सिरियामा थालेको हवाई कारबाहीबाट सर्वसाधारण नागरिकको हताहति भएको भन्ने हल्लापछि रसियाली विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो । उहाँले नागरिक हताहतिको बारेमा आफूलाई कुनै पनि सूचना नआएको र के कतिजना हताहत भए भन्ने बारेमा पनि केही थाहा नपाएको पनि उहाँले बताउनुभयो ।
सिरियाको स्वागत
यसैबीच सिरियाली राष्ट्रपति बसार अल असादले रसियाले पनि सिरियामा आइएसका विरुद्धमा कारबाहीका लागि सैन्य सहयोग पठाउन गरेको निर्णयको स्वागत गर्नुभएको छ । बुधबारै उहाँको कार्यालयले जनाएअनुसार सिरियाली राष्ट्रपतिद्वारा आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई नै सैन्य सहयोग पठाउन पत्राचार गरिएको जनाइएको छ । सिरियामा पनि पछिल्लो समयमा आइएसका क्रियाकलापहरु निकै बढ्दै गएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका अरु कैयैँ देशले सिरियमा हमलाका लागि रसियासँग आग्रह गरेका थिए । सो आग्रहपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको संसदसँग सो कारबाहीका लागि अनुमति मागेको थियो । सो अनुमतिको प्रस्तावलाई संसदे निर्विरोध पारित गरेसँगै उक्त कारबाही सुरु भएको हो । तर रसियाले स्थल सेना भने सिरियामा नजाने बताएको छ । रसियाले असादको बलियो सहयात्रीका रूपमा सिरियामा द्वन्द्व सुरु भएको सन् २०११ देखि नै सहयोग पु¥याउँदै आएको छ । सिरियाली द्वन्द्वमा परी दुई लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ घाइते भएका छन् ।