नक्कली सरकारी कागजपत्र बनाउनेहरु प्रहरी नियन्त्रणमा


fakeचितवनमा सरकारी कागज कीर्ते गर्ने दुईजना पक्राउ गरेका छन् । यस्तै अदालतले दोषी ठहर भई फरार भएका अर्का एकजनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ । पूर्वी चितवनको खैरहनीमा मोटर ड्राइभिङ इन्स्टिच्युट सञ्चालन गर्दै आएका भोला महतो र अर्का कृष्णजङ्ग श्रेष्ठलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार महतोलाई नक्कली कागजात बनाउन श्रेष्ठले सहयोग गरेको खुल्न आएको छ उनीहरूलाई कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कीर्ते काम गरेको छ भन्ने सूचना पाएपछि वास्तविकता बुझ्न एक प्रहरी नै कागज बनाउने बहानामा सो इन्स्टिच्युटमा गएका थिए । प्रहरीलाई समेत उनीहरूले कीर्ते कागज बनाइदिएपछि पक्राउ गरी कारबाही थालिएको थापाले जानकारी दिनुभयो । उनीहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै चितवन जिल्ला अदालतबाट मिति २०६०÷३÷१६ गते फैसला भई २० वर्ष कैद सजाय तोकिएर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला चितवन माडी–५ बस्ने ४८ वर्षीय धर्मनाथ महतोलाई उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?