ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको देउवालाई थाहा छैन


Rss_Images_1443854674168_NN-Ktm-lightनेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघोषित नाकाबन्दी यथाशिघ्र छिटो हटाउने सम्बन्धमा भारतले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल तरुण दलद्वारा नेपालको संविधानको स्वागत तथा वडादसैँ, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले नाकान्दीबाट अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा देखिएको असज परिस्थितिलाई अन्त्य गर्न भारतले सहयोग पु¥याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । संविधानमै व्यवस्था भएको र राष्ट्रपतिले आह्वान गरेअनुरुप यही असोज २१ गतेसम्म सहमतिको सरकार गठनका लागि प्रयास हुने बताउँदै वरिष्ठ नेता देउवाले यदी त्यो समयमा सहमति हुन नसकेमा बहुमतीय सरकार गठन हुने धारणा राख्नुभयो । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतको पदमा यसअघि १६ बुँदे सहमति निर्माणको समयमै प्रमुख दलहरूबीच भद्र सहमति भएको हो ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “त्योबारे मलाई जानकारी छैन । कसैले व्यीक्तगत रुपमा कसैसँग गरेको सहमतिको कुनै अर्थ छैन ।” सो अवसरमा नेपालको मानचित्र कोरेर सीमा वरिपरि हुने गरी मैनबत्ती प्रज्ज्वलन गरिएको थियो । चियापान कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँण, पूर्व मन्त्री, सांसदहरू तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?