अष्ट्रेलियाका उम्मेद्वारहरुको एजेन्डा प्रस्तुतिसहितको अन्तरक्रिया सम्पन्न


गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ । विश्वभरबाट राष्ट्रिय परिषद्हरुले आफ्ना प्रतिनिधिको टुंगो लगाइरहेका छन् भने कैयौं ठाउँबाट उम्मेद्वारी पनि आउनेक्रम जारी छ । यसैबीचमा, अष्ट्रेलियाबाट विभिन्न पदहरुमा उम्मेद्वारी दिन ईच्छुकहरु र विश्व सम्मेलनमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेर जाने सदस्यहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलिया र एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्स राज्य परिषद्को संयुक्त आयोजनामा भएको अन्तरक्रियामा केही उम्मेद्वारबाहेक अधिकांश उपस्थित थिए । उपस्थित हुन नसकेका उम्मेद्वारले पनि आफ्ना एजेन्डाहरु भिडियो मार्फत उपस्थितसामू प्रस्तुत गरेका थिए । एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्स राज्य परिषद्का संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले उपस्थित उम्मेद्वारहरुलाई स्वागत गरेका थिए । candidate with addकार्यक्रमको सञ्चालन एनआरएन अष्ट्रेलियाका सहसचिव भिष्म भण्डारी र एमएनटीभीका प्रधान सम्पादक चिरञ्जीवी देवकोटाले गरेका थिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले उपस्थित उम्मेद्वारहरुलाई जिज्ञासा राखेका थिए । वर्तमान अध्यक्ष एवं अध्यक्षको निम्ति आगामी कार्यकालमा समेत उम्मेद्वारी घोषणा गरेका शेष घलेले आफ्ना एजेन्डाहरुका विषयमा तयार पारिएको भिडियो प्रस्तुति दिइएको थियो । अध्यक्ष घलेले नेतृत्वमा प्रतिबद्धताका साथै पारदर्शिता र ईमान्दारिता आवश्यक पर्ने बताउँदै निर्वाचन आउँदै गर्दा संस्था स्वयंसेवी संस्था हो कि होइन भन्ने प्रश्न समेत आउने गरेको बताए । अध्यक्ष घले यतिबेला सम्मेलन तयारीका निम्ति काठमाडौंमा व्यस्त छन् । यसपछि उपाध्यक्ष पदका उम्मेद्वार शमशेर सिंह थापाले चुनाव जसले जिते पनि केही फरक नपर्ने तर संस्थाको बारेमा जानकारी भएको र गम्भीरतापूर्वक यसलाई हाँक्नसक्ने नेतृत्व आउनुपर्ने बताए । थापाको प्रश्न थियो, एनआरएन एनआरएन भनेर हिंडेको छ । कतिले पढेको छ यसको विधान ? सतही कुराको पछि मात्रै लाग्दै जाँदा गैरआवासीय नेपाली संघको मर्म नै समाप्त हुनसक्छ । केही समय अघि सिड्नीमा उम्मेद्वारी घोषणा गरी अहिले काठमाडौंमा रही एनआरएनको सम्मेलन तयारीमा व्यस्त सचिव रञ्जु वाग्लेको उम्मेद्वारी र एजेन्डासम्बन्धी भिडिया ेदेखाइएको थियो । यसैगरी सचिव पदका उम्मेद्वार गणेश केसीले आपूmले विगतमा गरेका कामहरुको मूल्यांकनका आधारमा संस्थालाई अझै अघि लैजाने हौसला पाएको बताउँदै सबैको साथ पाउने आशा व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष पदका उम्मेद्वार भैरव ढकालले पर्थबाट नै भिडियो सन्देश पठाउँदै आर्थिक पारदर्शिताका साथै साना साना लगानीका क्षेत्रलाई पनि पहिल्याएर देशमा लगानी गर्नुपर्ने बताएका थिए । आपूmले एनआरएनमा विगत लामो समयसम्म दिएको योगदानलाई ध्यान दिँदै एनआरएन अष्ट्रेलियाका सदस्यहरुले सहयोग गर्नेमा उनी ढुक्क देखिन्थे । कार्यक्रममा युथ कोअर्डिनेटरमा उम्मेद्वारी दिने घोषणा गरेका दुबै उम्मेद्वार देखिएनन । वर्तमान डेप्युटी कोअर्डिनेटर कृष्ण गिरी र एनआरएन अष्ट्रेलियाका पूर्वसहसचिव निरञ्जन प्रसाईमध्ये प्रसाईको एजेन्डाका विषयमा तयार पारिएको सामग्री देखाइएको थियो । अष्ट्रेलियासहित पपुवान्यूगिनी र न्यूजिल्याडको एनआरएन सम्मिलित ओसेनिया क्षेत्रीय संयोजक पदका लागि उम्मेद्वारी दिन तीन उम्मेद्वारका एजेन्डा समेत कार्यक्रममा प्रस्तुत भए । कार्यक्रममा बोल्दै अष्ट्रेलियन सरकारको मन्त्रीस्तरीय सल्लाहकार समितिमा समेत रही काम गरिसकेका सञ्चारउद्यमी महेन्द्रकुमार लम्सालले ओसेनिया क्षेत्रमा रहेका अन्य ठाउँमा पनि नेपालीहरुसँग सम्पर्क गरी थप एनआरएन एनसीसीहरु गठन गर्न पहल गर्ने बताए । यस्तै अष्ट्रेलियाका सरकारहरुसँग सम्पर्क गरी नेपालमा पर्यटन प्रबद्र्धन गर्न विशेष योजना ल्याउने बताए । अर्की उम्मेद्वार भोमा लिम्बुले भूकम्पको बेला खेलेको भूमिकाको सबैबाट प्रशंसा भएको भन्दै एक हजार घर बनाउनका निम्ति थप प्रतिबद्ध भएर लाग्ने बताएकी थिइन् । ओसेनिया क्षेत्रीय संयोजक पदका अर्का उम्मेद्वार रमेश पाण्डेले साझा एनआरएनको अवधारणालाई बोकेर आफु चुनावमा आएको बताएका थिए । सहसंयोजक पदमा उम्मेद्वारी दिएका होम पाण्डे भने कार्यक्रममा उपस्थित थिएनन् । अन्त्यमा उपस्थितहरुबाट आएका प्रश्नहरुको उम्मेद्वार लगायत एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुले उत्तर दिएका थिए । कार्यक्रमका संयोजक दिनेश पोखरेलले एनमएनटीभीसँग कुरा गर्दै भने, “हामीले सबैलाई समानताका साथ अवसर दिनेगरी यो अन्तरक्रिया गरेका हौं । अब हरेक पटक एनआरएन विश्व सम्मेलनमा उम्मेद्वार भएर जाने अष्ट्रेलियाका सदस्यहरुलाई यसैगरी आफ्ना मतदाताहरुसँग प्रत्यक्ष सम्वाद गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । “

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?