सरकार र मधेसी मोर्चाबीचको वार्ताले गर्ला त समस्या समाधान ?


laxmanसरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज मङ्गलबार सिंहदरबारमा वार्ता हुँदैछ । मोर्चाद्वारा गठित वार्ता टोलीकोसद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बिहान १० बजेदेखि वार्ता सुरु गर्ने तयारी छ । वार्तामा विगतमा उठाएका ३५ बुँदे मागलाई अघि सार्ने तयारीमा मोर्चा रहेको वार्ता टोली सदस्य सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । “वार्ताटोलीका चारै जना बसेर सरकारसँगको वार्तामा कुन रुपमा प्रस्तुत हुने, कस्ता एजेण्डालाई प्राथमिकता दिनेभन्नेबारे हामीले छलफल गरेका छौँ । बाँकी कुरा वार्तामै उठाउँछौँ, विगतका मागलाईनै वार्तामा राख्छौँ,”– वार्ता टोली सदस्य कर्णले भन्नुभयो । मधेशी मोर्चाका अधिकांश मागमा सरकारले आफ्नो धारणा राखिसकेको अवस्थामा वार्ताबाट थप मागहरु आउनसक्नेतर्फ बुद्धिजीवीहरुले सचेत गराएका छन् । मोर्चाले सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ । मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्र्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?