बिरामी बोकेको एम्बुलेन्समा आन्दोलनकारीले आगो लगाए


bruntऔषधि तस्करी गरेको आरोप लगाउँदै आन्दोलनकारीले वीरगन्जको नगवामा एउटा एम्बुलेन्समा आगो लगाएका छन् । भरतपुरबाट बिरामी बोकी वीरगन्ज आएको ना२च ७५८६ नम्बरको एम्बुलेन्समा राति ८ः३० बजेको समयमा आन्दोलनकारीले आगजनी गरेका हुन् । भरतपुर अस्पताल विकास समितिले सञ्चालन गरेको निजी नम्बरको उक्त एम्बुलेन्समा आन्दोलनकारीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले वीरगन्ज आएको मौका छोपी अस्पतालका लागि केही औषधि लैजाँदै गरेको एम्बुलेन्सलाई स्थानीय प्रदर्शनकारीले नियन्त्रणमा लिई चालकलाई बाहिर निकाली आगजनी गरेको बताउनुभयो । आगजनीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेकाले केही दिनभित्रै उनलाई नियन्त्रणमा लिई मुद्दा चलाइने नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो । यसैबीच अपाङ्गले रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज लुटेको अभियोगमा दुईजना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरगन्जको छपकैयास्थित इदगाह चोकमा साँझ रक्सौलबाट खरिद गरी ल्याएको आलुप्याज अपाङ्ग व्यक्तिसँग लुटेको अभियोगमा दुईजना स्थानीय युवकलाई पक्राउगरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?