चिनियाँ प्रधानमन्त्री लीद्वारा प्रम ओलीलाई बधाई


Chinese Premier Wen Jiabao attends a joint news conference with Japanese Prime Minister Naoto Kan and South Korean President Lee Myung-bak in Tokyo May 22, 2011. REUTERS/Tomohiro Ohsumi/Pool

जनगणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले चीन सरकार र त्यहाँका जनताका तर्फबाट नेपालको प्रधानमन्त्रीमा खड्गप्रसाद शर्मा ओली नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष ओली नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा उहाँलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री लीले चीन र नेपाल निकटका मिलनसार मित्र रहेका र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध कायम राखेका असल छिमेकी हुन् भन्नुभएको छ । बृहत् चासोका आपसी विषयमा दुवै मुलुकले एकअर्कालाई सहयोग गर्दै आएका उल्लेख गर्दै सन्देशमा चिनियाँ प्रधानमन्त्रीले श्री ओलीको सबल नेतृत्वमा नेपालले आर्थिक विकास एवम् राष्ट्रिय स्थायित्व हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै उहाँले चीन र नेपालबीचको बृहत् सहयोगात्मक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने दृढता पनि व्यक्त गर्नुभएको छ । नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने बताउँदै प्रधानमन्त्री लीले श्री ओलीको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ । साथै, उहाँले प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र नेपाली जनताको उन्नति, कल्याण र सुदृढ एवम् समृद्ध नेपालको कामना पनि गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?