कोपनहेगन विमानस्थलद्वारा सेप्टेम्बरमा २५ लाख यात्रुलाई सेवा प्रदान


airportडेनमार्कको राजधानी कोपनहेगनमा अवस्थित विमानस्थलले करिब २५ लाख यात्रुलाई सेवा प्रदान गरी अहिलेसम्मकै नयाँ रेकर्ड राखेको कोपनहेगन विमानस्थल स्रोतले सोमबार जनाएको छ । यो वर्ष डेनमार्कको कोपनहेगन हुँदै विभिन्न गन्तव्यमा जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुमा गत वर्षको यही महिनाको तुलनामा ६.१ प्रतिशतले वृद्धि भई २४ लाख एक हजार ५२ पुगेको विमानस्थल प्रशासनले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । यस्तै, युरोप तथा अन्तर्राष्ट्रिय ट्राफिक  क्रमशः ७ प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ  । तर आन्तरिक हवाई ट्राफिक भने डेनमार्कमा ३.३ प्रतिशतले बढेको छ । समग्रमा सन् २०१५ को नौ महिनामा कोपनहेगनस्थित उक्त विमानस्थलमा दुई करोड १३ लाख एक हजार पाँच पुगेको छ । यहाँ समग्रमा प्रतिवर्ष दुई प्रतिशतले हवाई यात्रुको चापमा वृद्धि भइराखेको विमानस्थलका प्रमुख कार्यकारी अधिकृत थमस वुडवाईले बताउनुभयो । डेनमार्क भई सबैभन्दा बढी यात्रुको गन्तव्य बेलायतको लन्डन, दोस्रोमा स्वीडेनको स्टकहोम र तेस्रोमा नर्वेको ओस्लो भएको थियो । डेनमार्कको कोपनहेगन हुँदै लन्डन जाने हवाई यात्रु एक लाख ८७ हजार ७६४ पुगेका थिए । त्यस्तै एक लाख ४८ हजार ५४ यात्रु स्टकहोम र एक लाख ३५ हजार ९९ यात्रु ओस्लो गएका विमानस्थल स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?