ओसनिया क्षेत्रीय उपसंयोजक पदका उम्मेद्वार होम पाण्डेको उम्मेद्वारी खारेज
अष्ट्रेलियासहित न्यूजिल्याण्ड, पपुवान्यूगिनी समेटिएको एनआरएनको ओसनिया क्षेत्रीय उपसंयोजक पदका उम्मेद्वार होम पाण्डेको उम्मेद्वारी खारेज भएको छ । उम्मेद्वारी दिने सबै उम्मेद्वारबीच पाण्डेको मात्र उम्मेद्वारी खारेज भएको जानकारी निर्वाचन समितिले दिएको छ । प्रमुख आयुक्त शिवप्रसाद रिजालले भने, विधानमा पदाधिकारी भनिएपनि त्यो कार्यालय पदाधिकारी पद हो । यसलाई बुझ्नमा समस्या भएको कारण यस्तो समस्या आयो । तर, विधान कमिटी र कार्यकारी समिति दुबैले उहाँको उम्मेद्वारी बदर हुने निर्णय गरेका कारण हामीले अन्तिम सूचिमा पाण्डेजीको नाम अटाउन सकेनौं । अर्कोतिर, ओसनिया क्षेत्रीय उपसंयोजक पदका प्रत्यासी पाण्डेले आपूm कानूनी रुपमा अघि बढ्ने बताए । उनले एमएनटीभीसँग कुरा गर्दै भने, अहिले नै निर्णय लिइसकेको छैन । तर, म साथीहरुसँग छलफलमा छु । विधान हेरेर बुझेर नै मैले उम्मेद्वारी दिएको हुँ । जुन किसिमको काम निर्वाचन समितिले गरेको छ यसको विरुद्ध म अदालतको ढोका समेत ढक्ढक्याउने बारेमा सोचिरहेको छु ।
अष्ट्रेलियाबाट अध्यक्षदेखि युवासंयोजकसम्म
यस पटकको एनआरएन चुनावमा अष्ट्रेलियाको तर्फबाट अध्यक्षमा शेष घलेसहित उपाध्यक्षमा शमशेरसिंह थापा, महासचिवमा रञ्जु वाग्ले, सचिवमा गणेश केसी, कोषाध्यक्षमा भैरव ढकाल, युवा संयोजकमा कृष्ण गिरी र निरञ्जन प्रसाई उम्मेद्वार बनेका छन् ।