परराष्ट्रमन्त्री थापाले आज भारतीय समकक्षीलाई भेट्ने


ef/tsf ljb]zdGqL ;’idf :j/fhsf] lgdGq0fdf tLg lbg] ef/t e|d0fdf hfg’cl3 lqe’jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s’/f ub}{ pkk|wfgdGqL Pjd k//fi6«dGqL sdn yfkf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधलाई सम्बोधन गर्न आफूले अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतका विदेश मन्त्री सुष्मा स्वराजको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल–भारत सीमा नाकामा उत्पन्न असहज परिस्थिति अन्त्यका लागि भारतीय समकक्षीसँग वार्ता गर्ने बताउनुभयो । नयाँदिल्लीमा रहँदा भारतीय विदेश मन्त्रीसँग द्विपक्षीय वार्ता हुने तथा अन्य उच्च राजनीतिक व्यक्तित्वसँगसमेत भेटवार्ता हुने जानकारी दिँदै उपप्रधानमन्त्री थापाले नेपाल–भारतबीचको अहिलेको समस्या सल्टाउनमै भ्रमण केन्द्रित रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन करोड नेपालीको सद्भाव, स्नेह र शुभेच्छा लिएर भ्रमणका लागेको हुँदा भ्रमण उपलब्धिपूर्ण हुनेमा विश्वस्त छु ।” प्रधानमन्त्री केपी शर्मा ओली, उच्चस्तरीय राजनीतिक समन्वय समितिका अध्यक्ष पुष्पकमल दाहालसहित समितिका अन्य नेतासँग भारत भ्रमणको तयारीका बारे आफूले छलफल गरेको उहाँले बताउनुुभयो । त्यसैगरी उपप्रधानमन्त्री थापाले अघिल्लो सरकारका परराष्ट्र र वाणिज्य तथा आपूर्ति मन्त्रीसँग पनि भ्रमणलाई उपलब्धिमूलक बनाउन बेग्लाबेग्लै विचारविमर्श गरेको जानकारी दिनुभयो । एक प्रश्नको जिज्ञासामा उहाँले प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट गरिएको भारत भ्रमणको निमन्त्रणाको विषयमा पनि छलफल हुने बताउनुभयो । परराष्ट्र मन्त्री थापाको नेतृत्वमा रहेको नौ सदस्यीय प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्याललगायत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?