एमएनटीभीको भूमिकाको राष्ट्रपतिबाट प्रशंसा, नेपालीलाई जोड्ने अभियानमा निरन्तर लाग्न प्रोत्साहन


IMG_1713 copy copyअष्ट्रेलियामा रहेका नेपालीहरुको एकमात्र टेलिभिजन माई नेपाल टेलिभिजन (एमएनटीभी) ले विदेशमा रहेका नेपालीहरुलाई जोड्ने काममा खेलेको भूमिकाको राष्ट्रपति डा. रामवरण यादवले प्रसंसा गर्नुभएको छ । मंगलबार राष्ट्रपतिलाई भेट्न पुग्नुभएका एमएनटीभीका प्रधान सम्पादक चिरञ्जीवी देवकोटालाई राष्ट्रपति यादवले देश बाहिर रहेर पनि नेपाली भाषा, संस्कृतिलाई प्रबद्र्धन गर्नु सराहनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति छन् । यी सबैलाई तपाईंहरुको टेलिभिजनमा देख्न पाएमा मानिसहरुले अपनत्व महसूस गर्दछन् ।” सात वर्ष देशमा अभिभावकको भूमिका निर्वाह गर्नुभएका यादवले आपूmले सदैव देशलाई केन्द्रमा राखेर हरेक कदम चालेको बताउनुभयो । “मधेश पनि देशभित्रै छ । के हिमाल, के पहाड, के तराई सबै ठाउँका हामीले एकअर्काको अस्तित्व स्वीकार्ने, सहकार्य गर्ने र भ्रातृत्व अभिबृद्धि गर्दै अघि बढ्नु पर्दछ” , उहाँको भनाई छ । पछिल्लो समयमा दलहरु तराईमा नगएकोमा चिन्तित देखिनुभएका यादवले भन्नुभयो, “प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु संविधान लेखनपछि तराईमा जानुपर्दथ्यो । तर, यस्तो हुन नसक्दा सर्वसाधारणमा आक्रोश बढ्नु स्वाभाविक हो ।” आपूmले तराई मधेशका मागहरुलाई सम्बोधन गर्नुपर्छ भन्दा अनर्गल प्रचार गरिएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति डा. यादवले भाई भाई एक भए कसैले पनि केही गर्न नसक्ने भन्दै राष्ट्रिय एकतामा जोड दिनुभयो । नेपालमा विनाशकारी भूकम्प गएको बेला प्रवासी नेपालीहरुले खेलेको भूमिकाको राष्ट्रपति यादवले प्रसंसा गर्नुभयो । उहाँले भन्नुभयो, “एक नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्ने हाम्रो चलन नै हो । अझ प्रवासमा रहेका नेपालीले देखाउनुभएको सद्भाव र सहयोग त अविष्मरणीय थियो ।” प्रवासमा पनि नेपाली पत्रकारिता फष्टाउँदै गएकोमा खुशी व्यक्त गर्दै राष्ट्रपति डा. यादवले विश्वसनीय समाचार प्रशारण गर्दै देशको नाम उच्च राख्न पनि आग्रह गर्नुभयो । प्रधानसम्पादक देवकोटाले एमएनटीभीले अहिलेसम्म गरेका गतिविधिको जानकारी दिनुभएको थियो भने अष्ट्रेलियामात्र नभई विश्वभर रहेका नेपालीलाई जोड्ने सेतूका रुपमा यसलाई विकास गर्न लागिएको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?