आज उपराष्ट्रपतिको मनोनयन हुँदै


pasangसङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सो पदका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा(माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुनुहुनेछ । उहाँहरू उम्मेदवार हुने कुराको घोषणा सम्बद्ध राजनीतिक दलले यसअघि नै गरिसकेका छन् । सचिवालयका अनुसार उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने समय अपराह्न १३.३० बजेका लागि तोकिएको छ । यस्तै सोही दिन अपराह्न १४ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, १४.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । शनिबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ । शनिबार अपराह्न १४.३० बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ । सङ्घीय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो ।
कुरो मिलेको छैन
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल भएको छ । समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र र समुदायबाट गर्ने तथा कुन दलले भूमिका पाउने भन्नेबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे कुराकानी भएको र शुक्रबार बिहान ९ बजे पुनः बैठक बसी टुङ्गो लगाउने निर्णय भएको समितिका सदस्य एवम् नेकपा (माले) का महासचिव सिपी मैनालीले राससलाई जानकारी दिनुभयो । “उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र वा समुदाय र भूमिका पाउने दलबारे कुराकानी भयो, बढी जोड तराईका हिजो प्रतिनिधित्व नभएका तल्लो समुदायलाई प्रतिनिधित्व दिनुपर्छ भन्ने पनि छ, तराईका थारु, दलित, पिछडिएका जनजातिलाई दिन सकिन्छ कि भन्नेबारे छलफल भयो, भोलि(शुक्रबार) बिहान यसको टुङ्गो लाग्छ,”–उहाँले भन्नुभयो । नेता मैनालीका अनुसार उपराष्ट्रपतिको उम्मेदवारीका लागि एमाओवादीले आफूलाई सहयोग गर्न प्रस्ताव राखेको थियो भने साना दलको पनि आकाङ्क्षा देखिएको छ । बैठकमा समितिका संयोजक एकीकृत नेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्तारुढ गठबन्धनका शीर्ष नेताको सहभागिता थियो । नेपाली काँगे्रसले उपराष्ट्रपतिमा अमियकुमार यादव र एमाओवादीले नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । उपराष्ट्रपतिको निर्वाचन शनिबार हुँदैछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?