नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ


gjlgjf{lrt /fi6«klt e08f/Låf/f kb tyf uf]kgLotfsf] zky /fi6«klt sfof{no zLtnlgjf;df laxLaf/ cfof]lht ljz]if ;df/f]xdf k|wfgGofofwLz sNof0f >]i7n] gjlgjf{lrt /fi6«klt ljBfb]jL e08f/LnfO{ kb tyf uf]kgLotfsf] zky lbnfpg’x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो । नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गर्नुभएपछि निर्वतमान राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गर्नुभएको थियो ।समारोहमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, सुरक्षा अङ्गका प्रमुखहरू, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो । भण्डारी बुधबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यसअघि नवनिर्वाचित राष्ट्रपति भण्डारी आफ्नो निवास मध्यबानेश्वरबाट विशेष सुरक्षा व्यवस्थासहित राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो ।
नवनिर्वाचित राष्ट्रपतिलाई भारतको बधाई
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ । भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको हो । राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत रायले भारतीय राष्ट्रपतिका तर्फबाट उहाँको कार्यकालको सफलताका लागि बधाई दिनुभएको थियो ।
आमा र छोरीहरुसँग रहने
नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी आज राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गर्नुभएको हो । उहाँ यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आउनुभएको थियो । पत्रकारसँग कुरा गर्र्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?