मालदिभ्समा सङ्कटकाल हटाइयो


maldivesमालदिभ्सको सरकारले गएको हप्तामात्र घोषणा गरेको राष्ट्रिय सङ्कटकाल मङ्गलबार हटाएको छ । मालदिभ्सका राष्ट्रपति यमिन अब्दुल गयुमले गएको बुधबार राष्ट्रिय सङ्कटकालको घोषणा गर्नुभएको थियो । राष्ट्रपति गयुम चढेको ढुङ्गामा केही दिन पहिले भएको विस्फोट, राष्ट्रपति निवास नजिकै भेटिएको घरेलु बम र विभिन्न ठाउँमा अवैधानिक रुपमा भण्डार गरी राखिएका हतियार राष्ट्रपति गयुम र यहाँका जनताको सुरक्षामा खतरा देखिएको कारण सङ्कटकाल घोषणा गरिएको थियो तर यहाँको अवस्था विस्तार शान्तिपूर्ण भएपछि सरकारले सङ्कटकाल हटाएको हो । मालदिभ्सका विदेशमन्त्रीले आफ्नो ट्वीटर एकाउन्टमा देशमा घोषणा भएको सङ्कटकाल तत्कालै लागू हुने गरी हटाइएको जनाउनुभएको छ । सङ्कटकालीन व्यवस्था अनुसार यहाँका नागरिकलाई सरकारविरोधी आन्दोलन, श्रम हडताल तथा राज्यको केही टापुमा भ्रमण गर्न सुरक्षाको कारण देखाउँदै निषेध गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?