आत्मघाती बम विष्फोटमा बग्दादमा १७ को मृत्यु


IRAQ CONFLICTSइराकको बग्दादमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १७ जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । शिया समुदायको एक मस्जिदमा शोकसभामा उपस्थित भएको मानिसहरुको भीडमा आत्मघाती सो विष्फोट गराउँदा दक्षिणी बग्दादको अमिल जिल्लामा १७ जनाको मृत्यु भएको आफ्नो नाम नबताउने शर्तमा एक प्रत्यक्षदर्शीले जनाए । घटनामा दर्जनौँ शिया समुदायका नागरिकको मृत्यभएको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर भएकोले मृतकको सङ्ख्यामा वृद्धि हुन सक्ने प्रहरीले जनाएको छ । सन् २०१४ भरी इराकमा भएका हिंसात्मक आक्रमणमा परी कम्तिमा १२ हजार २८२ जनाको मृत्युभएको साथैे २३ हजार १२६ जना घाइते भएको राष्ट्रसङ्घको तथ्याङ्कमा जनाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?