पेरिसमा फ्रान्सका राष्ट्रपतिले भने, हामी युद्धमा छौं


attack franceआतंकवादी हमलापछि त्यसका योजनाकारहरुको खोजी गरिरहेको फ्रान्सका राष्ट्रपतिले बुधबार आपूmहरु युद्धमा भएको बताएका छन् । एक टेलिभिजन सन्देशमा सर्वसाधारणलाई धैर्यतापूर्वक आतंकको प्रतिवाद गर्न पनि उनले आह्वान गरे । यससँगै उत्तरी पेरिसको एउटा अपार्टमेन्ट क्षे्त्रमा पेरिस आक्रमणका योजनाकारमध्येका केही मानिस बसेको भनिएको इलाकामा प्रहरीले खानतलासी जारी राखेको छ ।खानतलासी लिने क्रममा प्रहरीद्वारा गरिएको कारबाहीमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीले पेरिसको विभिन्न ठाउँबाट आक्रमणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । शुक्रबारको आतङ्ककारी आक्रमणमा १२९ जनाको मृत्यु भएपछि फ्रान्सको पेरिसलगायत वरपरका क्षेत्रमा आतङ्ककारी लुकिछिपी बसोबास गरेको हुनसक्ने आशङ्कामा खानतलासीलाई तीब्र बनाएको हो । प्रहरीले आक्रमणका मुख्य योजनाकार बेल्जियन नागरिक भएको र उक्त पेरिस आक्रमणको योजनाकारहरु सेन्ट डेनिस क्षेत्रमा रहेको आशङ्कामा बुधबार उक्त ठाउँलाई घेरा हाली उनीहरुको खोजी गरिरहेको बताइएको छ । मृतक दुई जनामध्ये एक महिला तथा एक युवकले आत्मघाती बम विस्फोट गराई आत्महत्या गरेको बताइएको छ । प्रहरीले पेरिस आक्रमणका मुख्य योजनाकार अब्देल हमिद अवाउड सेन्ट डेनिस जिल्लाको एक घरमा सुरक्षित रुपमा बस्दै आएको गोप्य सूचनापछि उक्त इलाकामा कार्बाही सुरु गरिएको हो । बुधबार बिहान मारिएका दुई जना वा पक्राउ परेका सात जनामा पेरिस आक्रमणका योजनाकार परेका छन् वा छैनन् भन्ने विषयमा प्रहरीको आधिकारिक भनाई आइनसकेको बताइएको छ । प्रहरीले गएको जनावरीमा फ्रान्समा भएको आतङ्ककारी हमलापछि सुरु गरैको कार्बाहीपछिे अवाउड कहिले सिरिया र कहिले युरोपमा बस्दै आएको प्रोपोगान्डा इस्लामिक स्टेटले फैलाउँदै आएको छ । यसलाई अवाउडको बहादुरी वा चातुर्यका रुपमा व्याख्या गरिँदै आएको छ । पेरिस घटना सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले मोरक्को मूलका २७ वर्षीय बेल्जियन नागरिक अवाउड नै १२९ जनाको ज्यान लिएको तथा ३५० जना घाइते भएको उक्त घटनाका मुख्य योजनाकार भएको बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?