सिरियाली सेना रसियाली हवाई आक्रमणप्रति आभारी : असाद


Syrian-President-Bashar-a-006सिरियाका राष्ट्रपति बसार अल असादले रसियाली हवाई आक्रमणपछि सिरियाली विद्रोही पक्षविरुद्धको कारबाहीमा सशक्त बल मिलेको भन्दै मस्कोप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । असादले आफ्नो देशको सैन्य कारबाही रसियाली सहयोगमा थप सशक्त भएको चिनियाँ टेलिभिजन फिनिक्ससँगको कुराकानीमा जनाउनुभएको हो । रसिया सिरियाली थल सेनामा निर्भर हुँदै आफ्ना हवाई आक्रमणलाई गएको दुई महिनादेखि जारी राखेको र यसले सुरक्षाकर्मीका सम्पूर्ण मोर्चालाई आईएस विद्रोहीविरुद्धको कारबाहीलाई थप उत्साहित गरेको असादले बताउनुभयो । गएको सेप्टेम्बर ३० मा रसियाको विमानमाथि इजिप्टको आकाशमा आईएसले विस्फोट गराई विमान ध्वस्त पारेको दाबीपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आईएसविरुद्धको कारबाही थप शसक्त बनाउन आफ्नो सेनालाई निर्देशन दिनुभएको थियो । इजिप्टको सिनाई टापुमा खसालिएको रसियाली विमानमा सवार २२४ जना सबैको ज्यान लिएपछि रसिया आईएस विरुद्ध आक्रामक भएको छ । यसैबीच, राष्ट्रपति असादले रसियाली कारबाहीलाई अमेरिकी सेनाको नेतृत्वमा सिरियामा भएको संयुक्त कारबाहीभन्दा सफल भन्दै हवाई आक्रमणले मात्रै आतङ्कवादविरोधी कारबाहीलाई नियन्त्रण लिन नसकिने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?