द हिमालयन क्लबको पहिलो साधारणसभा सम्पन्न


Himalaya Club 2 Himalaya Clubक्रिकेटको विकासका साथै अन्य सांस्कृतिक गतिविधिमा पनि संलग्न हुने उद्देश्यले स्थापना गरिएको द हिमालयन क्लबको पहिलो साधारणसभा सम्पन्न भएको छ । मेलबर्नमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन हुनुहुन्थ्यो । प्रमुख अतिथि योञ्जनले साधारणसभाको सफलताको कामना गर्दै आगामी दिनमा पनि क्लबले विविध क्रियाकलापबाट युवाहरुमा खेलप्रतिको भावना जगाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्लबको वेवसाईटको औपचारिक शुभारम्भ पनि गर्नुभएको थियो । क्लबका गतिविधि र अन्य जानकारी वेवसाईट www.thehimalayanclub.com.au मा पाउन  सकिन्छ । Himalaya Club1क्लबका अध्यक्ष बम योञ्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहाँले संस्थाले गत एक वर्षमा गरेका विविध गतिविधिका साथै आगामी कार्ययोजनाका बारेमा प्रष्ट पार्दै स्थानीयस्तरमा, राज्यस्तरमा र राष्ट्रियस्तरमै चिनिन सक्नेगरी क्लबलाई अघि बढाउने बताउनुभयो । उहाँले भोलिका दिनमा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिममा पनि हाम्रा खेलाडी पठाउन सकियोस् भन्ने उद्देश्य रहेको जानकारी दिनुभयो । आय व्यय विवरण क्लबका सचिव केशव सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष भोला गिरीले गर्नुभएको थियो । कार्यक्रममा सुरुकै दिनदेखि प्रायोजन गरेर सघाउने कँडेल कन्सल्टेन्सीका प्रमुख राज कँडेललाई खादा ओढाएर सम्मान गरिउको थियो । कँडेलले आगामी दिनमा पनि क्लबसँग सहकार्य गर्न पाउने आशा व्यक्त गर्दै क्लबका गतिविधिबाट आफु सन्तुष्ट रहेको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?