एनआरएन अष्ट्रेलियाले १ लाख डलरको विद्यार्थी कल्याण कोष बनाउने
एनआरएन अष्ट्रेलियाले एक लाख डलरको विद्यार्थी कल्याण कोष बनाउने भएको छ । एनआरएन अष्ट्रेलियाको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गर्दै यसको लागि ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साललाई नेतृत्व तोकेको छ । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीका अनुसार नेपालबाट अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका विद्यार्थीहरुलाई पर्ने विभिन्न समस्याहरुमा सहयोग गर्नका लागि यस्तो कोष बनाउन लागिएको हो । यस कोषमा सहयोग संकलन गर्नका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । यस्ता कार्यक्रमहरु आगामी बैठकबाट बनाइने रेग्मीले जानकारी दिनुभयो । बैठकले अधिवेशनबाट स्वीकृत ९ सदस्यीय संरक्षक टिमको नामावली अनुमोदन गरेको छ भने २१ सदस्यीय सल्लाहकार समिति बनाएको छ । सल्लाहकार समितिमा बबिता श्रेष्ठ, सुमित्रा विष्ट, बुद्धि डल्लाकोटी, विनोद श्रेष्ठ, पीआर अधिकारी, प्रेम सापकोटा, डा. मधुसुदन पुडासैनी, छिरिंग तेन्जिंग लामा, दुर्गा आचार्य, कृष्ण गिरी, निरञ्जन प्रसाई, जोग लिम्बु, रदिप थापा, आशिष भण्डारी, ऋषिमणि सुवेदी, नारायण कोइराला, गोकुल घिमिरे, सुरेन्द्र सापकोटा, डिल्लीराम ढकाल, महेश गौतम र भीम खरेललाई राखिएको जानकारी प्रवक्ता रेग्मीले दिनुभयो । यस्तै बैठकले विद्यार्थी कल्याण कोषसहित २६ वटा टास्क फोर्स निर्माण गर्दै यसको संयोजकहरु पनि तोकेको छ । जसमा सामाजिक कल्याण कोष व्यवस्थापन समितिमा छवि सापकोटा, सामूहिक लगानीमा मेघराज श्रेष्ठ, नेपाल पुननिर्माणमा गणेश केसी, जेष्ठ नागरिक फोरममा डा. नारायण प्रधान, नेपाल महोत्सव २०१६ आयोजक समितिमा अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन खेलकुदमा नन्दु गुरुंग, एनआरएन मिडियामा डा. ज्ञानेन्द्र रेग्मी, नेपाली भाषा साहित्यमा गणेश घिमिरे, एनआरएन कार्यालय र हेल्प डेस्कमा विकास केसी, स्कील, नलेज एण्ड ईनोभेशनमा डा. केशव शर्मा, विजनेश काउन्सिलमा बालचन्द्र भट्टराई, समूदाय सहभागितामा नारायण काफ्ले, महिला फोरममा सिर्जना संग्रौला, युथ फोरममा विजय शर्मा चपागाई, एनआरएन न्यूजलेटर एण्ड कम्युनिटी क्यालेण्डर व्यवस्थापन समितिमा सुदिप कार्की, परोपकारी कार्यक्रम व्यवस्थापनमा केशव सापकोटा, आईटी व्यवस्थापनमा किरण अधिकारी, पाथीभरा श्रद्धाश्रम व्यवस्थापन समितिमा रमेश पाण्डे, एनआरएन अष्ट्रेलिया आयोजना व्यवस्थापन समितिमा राजन सिटौला, पारिवारिक हिंसाविरुद्ध जनचेतना कार्यक्रममा जानकी पौडेल, सांस्कृतिक प्रबद्र्धन समितिमा उषा बारिया, एनआरएन अष्ट्रेलिया छात्रवृत्तिमा सचिन्द्र थापा, वाकफर नेप्लीज वेलफेयरमा समिम अनवर, नेपाली खाना, संस्कृति र सम्पदा प्रबद्र्धन समितिमा श्याम केसी, सामाजिक कल्याण नीति व्यवस्थापन समितिमा जोग लिम्बुलाई संयोजक तोकेको छ । संयोजकले एनआरएन अष्ट्रेलियासँगको समन्वयमा आवश्यकता अनुसार अन्य सदस्यहरु तोक्नसक्ने व्यवस्था पनि गरेको छ । एमएनटीभीसँग कुरा गर्दै डा. रेग्मीले केही साताभित्रै कल्याणकारी कार्यक्रमको लागि रकम संकलन गर्नका लागि कार्यक्रमको योजना बनाइनेछ भने विद्यार्थीहरुको हितमा बन्ने कोषको कार्यविधि पनि निर्माण गरिनेछ । यसका साथै बैठकले नेपालमा भारतीय अघोषित नाकाबन्दीका कारण सिर्जना भएको औषधिको अभावलाई मध्यनजर गर्दै सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली समूदायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । नाकाबन्दीको विरोधमा अहिलेसम्म गरेका कार्यहरु सफल भएको निष्कर्श बैठकले निकालेको छ । यस्तै आगामी कार्यक्रमहरु नाकाबन्दी जारी रहेको अवस्थामा निरन्तर अघि बढाउने पनि निर्णय बैठकले गरेको छ ।