हिट एण्ड रन केसमा सलमान खानलाई सफाई, कुनै प्रमाण नभेटिएको अदालतको दाबी


salmanभारतका एकजना सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाई दिएको छ । उनीमाथि हत्याको आरोप थियो । आजभन्दा १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो । अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाई दिइएको हो । सो मुद्दामा उनलाई सफाई दिइएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ । उनले सो मुद्दाका विरुद्धमा अपिल गरेका थिए । उनको दाबीबमोजिम नै अदालतले पनि सो मुद्दामा कुनै प्रमाण नरहेको भनी फैसला सुनाएको हो । मुम्बई उच्च अदालतका न्यायाधीश अनिल रामचन्द्र जोशीले बिहीबार उनीविरुद्धको यसअघिको आरोपमा सत्यता नरहेको फैसला सुनाएका बताइएको छ । गत मे महिनामा भएको सुनुवाईका क्रममा यसअघिको अदालतले खानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । त्यस फैसलाका विरुद्धमा उनले मुम्बई उच्च अदालतलमा अपिल गरेका थिए । बिहीबार उक्त अदालतले उनको अपिलको पक्षमा फैसला गरेको हो । सन् २००२ मा उनी रातिको समयमा घर फर्किने बेलामा रक्सीले मातेका र आफैले चलाएको गाडीले लागेर सडक पेटीमा बसेका घरबारबिहीन बालकको ज्यान गएको बताइएको थियो । तर उनले आफूविरुद्धको यो आरोपको खण्डन गर्दै आएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?