सिड्नीको मौसम बिग्रियो, हावाहुरी र आँधीका कारण ओलुंगगोंगका ६ हजार घरमा विद्युत आपूर्ति ठप्प


SYDNEYसिड्नीको दक्षिणी तटमा आएको आँधीका कारण यतिबेला पूर्वसतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । २ सय १३ किलोमिटरको गतिमा आएको आँधी बोन्डाईबाट अघि बढिेको छ । न्यू साउथवेल्सका विभिन्न ठाउँमा मेघ गर्जनका साथ हुरी आएको छ । आँधीको यो गति सिड्नीमा अहिलेसम्मकै सबैभन्दा धेरै मापन गरिएको मौसम विभागले जनाएको छ । यो खतराजन्य अवस्था भएको पनि विभागले स्पष्ट पारेको छ । विहान पौने बाह्र बजे कयामा बीचमा यस्तो आँधीको संकेतहरु पाइएका थिए । दक्षिणी नोरोवा क्षेत्रमा एक घण्टाभित्रैमा १ सय ४४ मिलिमिटर वर्षा भएको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण नआइसके पनि कैयौं मानिसहरु आँधीका कारण आफ्नो ठाउँ छोडेर सुरक्षित स्थानतर्फ लागेको दृश्य देखिएको छ । अर्कोतर्फ विहान ९ बजेदेखि अहिलेसम्म मात्रै सेन्ट जर्ज क्षेत्रमा १ सय ४६ मिलिमिटर वर्षा भइसकेको छ । कुर्नेल क्षेत्रका एक प्रत्यक्षदर्शी भन्छन्, यहाँ ठूलो क्षति भएको छ । मेरो छिमेकीको घरको छाना नै उड्यो । रुखहरु ढलेका छन् । ओलुंगगोंगको उत्तरी क्षेत्रमा रहेका ६ हजार घरमा यही आँधीकै कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ । अधिकारीहरुले विद्युत सुचारु गर्ने प्रयास सुरु गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?