सुस्त मनस्थितिकि महिलालाई बलात्कार गर्ने बृद्धलाई १० वर्ष कैद


rapeसुस्त मनस्थितिकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत इलामले१० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जिर्मले–८ का ६२ वर्षीय माइला भनिने वीरबहादुर तामाङलाई १० वर्ष कैद र पीडित महिलालाई २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । घरमा कोही नभएको मौकाछोपी गत भदौ ३ गते तामाङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अपाङ्ग महिलालाई बलात्कार गरेको भन्दै तामाङविरूद्ध जिल्ला प्रहरी कार्यालयले भदौ २७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?