आन्दोलन अवतरण गर्न मोर्चालाई पौडेलको सुझाव


Ram Chandra Poudel Speaks to Media after CPDCC Meetingनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई दलीय आकाङ्क्षाबाट माथि उठेर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अवतरण गर्न आग्रह गर्नुभएको छ ।  नेपाल प्रेस युनियन मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा पेस गरिएका विधयेकमार्फत मोर्चाका अधिकांश माग पूरा हुने र सीमाङ्कनको विषयमा छलफल गरी सच्याउन सकिने स्पष्ट पार्नुभयो । मोर्चाले हठ गरी जनतालाई किन दुःख दिने कार्य गरिरहेको हो भनी प्रश्न गर्दै उहाँले वार्ताद्वारा समस्या समाधान गर्न अग्रसर हुन सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?