क्युवा अमेरिका सम्बन्धमा कुनै प्रगति छैन– राष्ट्रपति क्यास्त्रो


rahulक्युवा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धमा कुनै प्रगति हुन नसकेको जनाइएको छ । सो धारणा क्युवाली राष्ट्रपति राउल क्यास्त्रोले राख्नुभएको हो । शुक्रबार राष्ट्रपति क्यास्त्रोले भन्नुभयो– अमेरिका र क्युबाबीचको सम्बन्धको विकास र हुनुपर्ने आवश्यक प्रगतिमा कुनै भिन्नता आएको छैन । यी दुई देशले आपसी सम्बन्धलाई पुनःस्थापना गर्ने कार्यको सुरुवात भएको बताएका थिए । सन् २०१४ को डिसेम्बर १७ मा यी दुई देशले ऐतिहासिक घोषणा गरेका हुन् । त्यस दिन क्युवाको राजधानी हवानामा विशेष कार्यक्रमको आयोजना गरी दुवै देशको झण्डोत्तोलन पनि गरिएको थियो । साथै दुई देशबीचको सम्बन्धका क्षेत्रमा विगतका तिक्तता मेटाई अघि बढ्ने भनिएको थियो । राष्ट्रपति क्यास्त्रोले भन्नुभयो– संयुक्त राज्य अमेरिकाले नै द्विपक्षीय सम्बधको सुधारका लागि आवश्यक ठानिएका र गर्नुपर्ने जे जति काम थिए त्यसमा अघि बढ्न सकिएको छैन । ाष्ट्रपति क्यास्त्रोले वित्तीय एवम् व्यापारिक क्षेत्रमा अमेरिकाले लगाउँदै आएको नाकाबन्दी खुलाउने बारेमा पनि अमेरिकाको तर्फबाट केही प्रक्रिया अघि बढेको मात्र थाहा पाएको तर पूरै प्रगतिको समाचार आफूले नसुनेको उहाँले बचाउनुभएको हो । यी दुई देशबीचमा गएको कम्तीमा पनि ५० वर्षसम्म तिक्ततापूर्ण सम्बन्ध रही आएको थियो । पछिल्लो समयमा यी दुई देशबीचमा सम्बन्ध पुनःस्थापनाको प्रयास भएको बताइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?