निर्भयाका बाबुले भने “भारतमा न्याय हरायो”


rapeसन् २०१२ मा सामुहिक बलात्कारबाट पीडित भई मृत्यु भएकी एक बालिकाका बुबाले आफूहरुका लागि भारतमा न्याय हराएको बताएका छन् । ती बालिकाको बलात्कारमा सम्लग्नमध्येका एकजनालाई अदालतको आदेशबमोजिम रिहा गरिएको थियो । उनको रिहाईका विरुद्धमा ती बालिकाका पिताले भारतको सर्वाेच्च अदालतमा अपिल गरेका थिए । तर अदालतले सो अपिल खारेज गरिदिएको छ । आदालतले आफ्नो अपिल खारेज गरिदिएपछि ती पिताले भन्नुभयो– मैले के नै भन्न सक्छु र ? मैले हाम्रो निराशाको कुरा कुनैपनि शब्दमा व्यक्त गर्न सक्दिन । मारिएकी बालिका ज्योति सिंहका पिता बद्रिनाथ सिंहले एएफपी समाचार समितिलाई सोमबार भारतको न्याय प्रणाली आफ्ना लागि असफल भएको जानकारी दिएका हुन् । हामीले यो सबै कानुन जान्दैनौँ, हामीले यो मात्र जान्दछौँ कि न्याय प्रणाली हाम्रा लागि असफल भएको छ । सन् २०१२ को डिसेम्बरमा ती बालिकालाई सामूहिक बलात्कार गरिएको थियो । ती मध्येका अरुलाई कारबाही भएको भए पनि एकजना दोषीलाई भने मुक्त गरिएको छ । सो निर्णयको भारतभरमा व्यापक मात्रामा विरोध भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?