सभामुखसँग संविधान संशोधनबारे भारतीय राजदूतको चासो


;efd’v cf]g;/L 3tL{ / ef/tLo /fhb”t /l~ht /] dªunaf/ l;+xb/af/df e]6 ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सभामुख ओनसरी घर्तीसँग नेपालका लागि भारतका राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय परिसरस्थित सभामुख घर्तीको कार्यालयमा भएको शिष्टाचार भेटमा उहाँहरूबीच सदनमा पेस भएको संविधान संशोधन विधेयकका बारेमा केन्द्रित छलफल भएको थियो । राजदूत रायले संविधान संशोधनको प्रक्रियाका बारेमा चासो राख्नुभएकामा सभामुख घर्तीले त्यसको विधि र प्रक्रियाका बारेमा बताउनुभएको थियो । उहाँले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्ने ढङ्गबाट संविधान संशोधन विधेयक अगाडि बढाइएको उल्लेख गर्दै सरकारले तराई मधेसका दलका चासो र चिन्तालाई सम्बोधन गर्न सोमबार गरेको निर्णय सही भएको भनी भारत सरकारले दिएको प्रतिक्रियाको प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँहरूबीच दुवै देशका संसद्स्तरमा सम्बन्ध विस्तार हुनुपर्नेलगायतका दुईपक्षीय हित र चासोका विषयमा समेत कुराकानी भएको सभामुख घर्तीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?