एकाध दिनभित्रै तराई मधेसको समस्या समाधान हुन्छ – अध्यक्ष दाहाल


Pg]skf -dfcf]jfbL_sf cWoIf k’iksdn bfxfn …k|r08ÚnfO{ pxfFs} lgjf; nflhDkf6df 1fkg kq a’emfpFb} l/kf6{;{ Sna g]kfnsf cWoIf Clif wdnf . tl:a/ M /Tg >]i7, /f;; .

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या राजनीतिक तवरले एकाध दिनभित्रै सम्बोधन हुने बताउनुभएको छ । अध्यक्ष दाहालले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने बताउनुभयो । 

मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेको जानकारी दिँदै उहाँले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल गरिरहेको उल्लेख गर्नुभयो । मधेसी मोर्चाका नेतासँग एक चरण वार्ता भएको र आन्दोलनरत दल पनि समस्या समाधान गर्नुपर्छ भन्नेमा रहेको आफूले पाएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्ष लचिलो भएर प्रस्तुत भए एकाध घन्टामा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । मधेसी मोर्चाले उठाएको प्रदेशको सीमाङ्कनबाहेकका विषयमा सहमति जुट्ने अवस्था रहेको भन्दै उहाँले सदनमा पेस भएको संविधान संशोधनको भाषा कस्तो बनाउने र कसरी सहमति जुटाउने भन्नेमा दलबीच संवाद जारी रहेको बताउनु भयो । भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्न सहयोग गरे जसरी नै मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्नसक्ने भन्दै उहाँले त्यसबाट केही माग सम्बोधन हुने र बाँकी रहेका विषयमा सम्बोधन गर्न तीन महिनाको समयसीमा दिएर उच्चस्तरीय समिति बनाइने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो– “प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइन्छ । सो समितिले तीन महिनाभित्र दिने प्रतिवेदनका आधारमा सीमाङ्कनको विषय टुङ्ग्याइन्छ । त्यसमा सबैको सहमति हुन्छ भन्ने मेरो विश्वास छ ।”फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले कालोबजारी र कमिसनखोरलाई नियन्त्रण गर्न आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट सरकारलाई आग्रह गरेको जानकारी दिँदै केही हदमा नियन्त्रणमा पनि आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?