टाईमलाईनमा यस्तो देखियो वर्ष २०१५, नेपालको भूकम्पदेखि मंगल ग्रहको तस्वीरसम्म
जनवरी :
७–९, फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु
२६, अमेरिकी गठबन्धन सेनाको सहयोगमा सञ्चालित चार महिना लामो हवाई आक्रमण पश्चात् सिरियाली कुर्दिस सेनाले इस्लामिक स्टेट ९आईएस० का जिहादी लडाकूलाई टर्कीको सिमाना नजिकैअवस्थित कोषाने सहरबाट धपाउन सफल ।
फेब्रुअरी ः
१२, युक्रेन । युक्रेनका पृथकतावादी विद्रोही र सरकारबीच फ्रान्स जर्मनी र रुसद्वारा समर्थित मिन्स्क द्वितीय शान्ति मार्गचित्रमा हस्ताक्षर । तर यो सम्झौता धेरै समय टिकेन । पुनः १ सेप्टेम्बरमा अर्को सम्झौता भएता पनि डिसेम्बरको पहिलो सातासम्म पनि सरकार र विद्रोहीबीच व्यापक झडप निरन्तर भइरहेको छ ।
मार्च ः
१७, इजरायल र प्यालेस्टिनी इलाका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड दलले संसदीय निर्वाचनमा विजयी । जागापट्टीमा पहिलेदेखि नै निर्माण हुँदै आएको सेटलमेन्ट भवनहरु निर्माण कार्यमा थप तिब्रता । प्यालेस्टिनीहरुसँगको शान्तिप्रक्रियाका बिश्राम । परिणामस्वरुप आक्रोशित प्यालेस्टिनीहरुद्वारा इजरायली सरकारी भवन र सुरक्षाकर्मीमाथि ढुङ्गामुढाको वर्षा, हतियारको प्रयोग आत्मघाती कार आक्रमण र हिंसात्मक झडपहरु ।
१८, ट््युनिसिया । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट्युनिसियाली प्रहरीको मृत्यु त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट््युनिसिया कै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु । यसको छ महिनापछि नोभेम्बर २४ का दिन राष्ट्रपतिको सुरक्षाकर्मी चढेका बसलाई लक्षित गरी बम प्रहार गरिँदा केही सुरक्षाकर्मीसहित कम्तीमा १२ जनाको मृत्यु । अलग–अलग मितिमा गरिएको तीनवटै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो ।
२४, फ्रान्स । सस्तो दरमा हवाई सेवा उपलब्ध गराउने जर्मनीको बजेट एयरलाइन्स जर्मन विङ्ग्सको एउटा एयरबस फ्रान्सेली पर्वतमाला फ्रेन्स आल्प्समा ठोक्किँदा विमानमा सवार यात्रु १५० सबैको मृत्यु । दुर्घटना अनुसन्धानकर्ताका अनुसार सहचालक एडियास लुबिजको लहरबाजीले जानाजानी उक्त विमान दुर्घटनाग्रस्त बनाएको ठहर ।
ः२६, यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको जेट विमानद्वारा राष्ट्रपति आबेद रब्बो मन्सुर हादीलाई समर्थन गर्दै हुथी सिया विद्रोहीमाथि व्यापक बम वर्षा । यमनको द्वन्द्वमा हालसम्म करिब छ हजारको मृत्यु भइसकेको पुष्टि ।
अप्रिल ः
२, केन्या÷सोमालिया । सोमालियाका सबाब इस्लामिक विद्रोही लडाकू केन्या पुगी गारिसा विश्वविद्यालयमा आक्रमण अधिकांश विद्यार्थीसहित कम्तीमा १७८ जनाको आमहत्या ।
२५ , नेपाल । नेपालको मध्य उत्तरी पहाडी भूभागलाई केन्द्रविन्दू बनाएर गएको ७।८ रिक्टर स्केलको गोरखा भूकम्पले करिब ८ हजार ९०० को ज्यान लिनुका साथै लगभग पाँच लाख घर आंशिक पूर्णरुपमा क्षतिग्रस्त । यसको करिब दुई हप्तापछि मे १२ का दिन ७।३ रिक्टर स्केलको पराकम्पबाट थप केही दर्जनको मृत्यु ।
२६, बुरुन्डी । बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाले निर्वाचनमा तेस्रो पटक विजय हासिल गरेको । निर्वाचनमा राष्ट्रपतिद्वारा धाँधली र शक्तिको दुरुपयोग गरेको भन्दै हजारौँद्वारा हिंसात्मक विरोध प्रदर्शन । प्रदर्शन केही महिनासम्म जारी सयौँ आन्दोलनकारी मारिए ।
मे ः ७, बेलायत । प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टीको बेलायती आमनिर्वाचनमा पुनःविजयी यसले बेलायत युरोपेली सङ्घ ९ईयू० मा प्रवेश गर्ने कि नगर्ने भन्ने राष्ट्रव्यापी जनमत सङ्ग्रहमा जान सहज हुने विश्वास ।
२९, नाइजेरिया । गत मार्चको निर्वाचनमा विजयी हुनुभएका राष्ट्रपति मुहमदु बुहारीको सपथ ग्रहणको लगत्तै पश्चात् इस्लामिक स्टेट आतङ्ककारी सम्बन्ध नाइजेरियाली बोको हराम इस्लामीक लडाकूविरिुद्ध व्यापक सैनिक कारबाही गर्ने प्रतिबद्धता । बोको हराम विद्रोहीहरुले मुलुकका एक हजार पाँच भन्दा बढी नागरिकको हत्या गरिसकेको । यिनै आतङ्ककारीले नाइजेरियालाई आफ्नो अखडा बनाएर छिमेकी कुलुकहरु क्यामरुन, चाड, नाइजरमा समेत आक्रमण गर्दै आएका ।
जुन ः
१, चीन । मध्य चीन भएर बग्ने एक ठूलो नदी याङत्सेमा एउटा चिनियाँ यात्रुवाहक जहाज पल्टिँदा त्यसमा यात्रा गरिरहेका ४५४ मध्ये ४४२ जनाको मृत्यु ।
१७, संयुक्त राज्य अमेरिका । साउथ क्यारोलिना राज्यको चाल्र्सटन महानगरमा अवस्थित ऐतिहासिक ब्ल्याक चर्चमा एक जना गोरा बन्दुकधारीले आक्रमण गरी अन्धाधुन्द गोली चलाउँदा आक्रोसित अश्वेतहरु र प्रहरीबीचको व्यापक झडप, श्वेत र अश्वेतबीच जातीय विभेदको भावना मौलायो ।
२६, संयुक्त राज्य अमेरिका । अमेरिकी सर्बोच्च अदालतले सबै राज्यहरुमा समलिङ्गी विवाह ९पुरुष र पुरुषबीच० गे म्यारिजलाई अधिकार प्रदान ।
जुलाई ः
१, संयुक्त राज्य अमेरिका ÷क्युबा । शीत युद्धताका आपसमा शत्रुवत व्यवहार गर्ने अमेरिका र क्युबाबीच ५४ वर्षपछि पुनः दौत्य सम्बन्ध कायम गर्दै ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर ।
१३, ग्रीस । प्रधानमन्त्री अलेक्सिस सिप्रासले तीन वर्षमा तिर्ने गरी ८६ अर्ब युरो ९९३ अर्ब अमेरिकी डलर० बराबरको युरोपेली सङ्घीय ऋण लिन स्वीकार । प्रधानमन्त्री सिप्रास गहिरो विवादमा सेप्टेम्बर २० मा भएको निर्वाचनमा उनको दल रियाडिकल लेफ्ट पार्टी सिरिजा संसदीय निर्वाचनमा विजयी ।
१४, इरान । इरान र पश्चिमेली ठूला शक्ति राष्ट्रबीच १८ दिनसम्म चलेको छलफलमा इरानले कुनै पनि आणविक निर्माण वा खरिद नगर्ने भन्ने प्रतिबद्धता ।
अगस्ट ः १२ चीन । चीनको तियानजिन महानगरमा अवस्थित एउटा रासायनिक पदार्थ भण्डारण केन्द्रमा भीषण विस्फोट हुँदा कम्तीमा १६५ को मृत्यु ।
सेप्टेम्बर ः
३, ग्वाटेमाला । ग्वाटेमालाको कँग्रेस ९संसद० ले भ्रष्टाचारको आरोप लगाई पक्राउ पुर्जीसमेत जारी गरेपछि राष्ट्रपति ओट्टो पेरेजद्वारा राजीनामा ।
१८, संयुक्त राज्य अमेरिका÷जर्मनी । ठूलो परिमाणमा गाडी उत्पादन गर्ने जर्मनी कम्पनी भक्स वागन कम्पनीलाई अमेरिकी प्रदूषणस्तर निरीक्षणलाई झुक्याई ठगी गरिरहेको भन्ने आरोपमा मुद्दा लगाइयो । यसबाट अमेरिका मै ठूलो काण्ड मच्चियो ।
१९–२२, क्युबा । पोप फ्रान्सिस अमेरिका जाने क्रममा क्युबाको ऐतिहासिक भ्रमण । धर्मगुरु पोपले नाभेम्बर २५ देखि ३० सम्म केन्या, युगान्डा र मध्य अफ्रिकी गणतन्त्रको समेत भ्रमण गरे ।
२४ , साउदी अरेबिया । मुसलिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का नजिक रहेको सीमामा हज तीर्थयात्रीहरुबीच भागदौड चल्दा दुई हजार २३६ को मृत्यु ।
३०, सिरिया । इस्लामिक स्टेटविरुद्ध सैनिक कारबाही गरेको भन्दै रुसद्वारा सिरियाली भूभागमाथि हवाई आक्रमण टर्की तथा उसका मित्रराष्ट्रहरुद्वारा भने राष्ट्रपति बसार अल असादको शासनमाथि आक्रमण भनी तीब्र आलोचना ।
अक्टोबर ः
३, ९अफगानिस्तान० उत्तरी अफगान सहर कुन्दुजमा अवस्थित एक अस्पतालमा अमेरिकी हवाई आक्रमणमा बिरामीसहित ४२ को मृत्यु । अमेरिकाद्वारा क्षमा याचना, अफगानी सुरक्षाकर्मी एक्लैले मात्र तालिवान लडाकूसँग टक्कर लिननसक्ने कारण सन् २०१६ पछि हजारौ बहुराष्ट्रिय सेना अफगानिस्तानमै रहने वासिङ्गटनको भनाई ।
१९, क्यानाडा । लोकप्रिय पूर्वप्रधानमन्त्रीका पुत्र लिवरल पार्टीका नेता जसटिन टुडो आमनिर्वाचनमा विजयी ।
२९, चीन । अत्यन्त विवादास्पद रहेको चीनको एक सन्तान नीति खारेज ।
३१, इजिप्ट÷रुस । इजिप्टको सार्म–एल–शेख रिसोर्टबाट रुसको सेन्ट पिटर्सबर्गतर्फ उडेको एउटा रुसी यात्रु वाहक जेट विमानलाई आक्रमण गरी खसालियो । विमानमा सवार २२४ सबैको मृत्यु । इस्लामिक स्टेटद्वारा आक्रमणको दाबी, बम प्रहार गरी जेट खसालिएको रुसको भनाई यो आतङ्कवादी आक्रमण परेको भन्ने कुनै प्रमाण नभएको इजिप्टको दाबी ।
३१, कङ्गो । कङ्गोका राष्ट्रपति डेनिस सासाओ गुएसोको ३१ वर्षे शासनकाल अझ लम्भ्याउन अक्टोबर अन्त बिबादस्पद जनमत सङ्ग्रह सम्पन्न ।
नाभेम्बर
१, टर्की । कुर्दिस विद्रोहीको शृङ्खलाबद्ध हिंसा र जिहादी आक्रमणको नयाँ रुपले गर्दा राष्ट्रपति रिसेप तसिप इन्र्डोगानको दल जटिस एन्ड डेभलपमेन्ट पार्टी ९एकेपी० को पराजय । अक्टोबर महिनामा निस्केको शान्ति ¥यालीमा कुर्दिस जिहादीहरुले बम प्रहार गर्दा १०३ को मृत्यु – टर्कीको पछिल्लो इतिहासमा सबभन्दा भयङ्कर रक्तपातको रुपमा अङ्कित ।
७, चीन÷ताइवान । सन् १९४९ मा चीनबाट ताइवान फुटेर गएपछि चीन र ताइवानका राष्ट्रपतिहरुबीच पहिलो पटक ऐतिहासिक भेटवार्ता ।
८, म्यानमार । म्यानमारमा सैनिक शासनको दशकौँ पछि प्रजातान्त्रिक नेत्री आङ सान सुकीको पार्टी अत्यधिक मतद्वारा आम निर्वाचनमा विजयी ।
१३, फ्रान्स । फ्रान्सको राष्ट्रिय सङ्गशाला, नाट्यशालालगायत बार रेस्टुरेन्टलगायत विभिन्न सात स्थानमा आत्मघाती जिहादी समूहले गरेको गोली र बम आक्रमणमा १३० को मृत्यु हुनुका साथै सयौँ घाइते इस्लामिक स्टेटले आक्रमणको दाबी गरे ।
२०, माली । मालीको राजधानी बामाकोमा अवस्थित एउटा लक्जरी होटललाई घेरा हाली अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २०० को मृत्यु । अल कायदा सम्बन्धी एक विद्रोही समूहले आक्रमणको दाबी गरे ।
२४ टर्की÷रुस । नेटो सदस्य टर्कीले एउटा रसियाली युद्धक विमानलाई सिरियाको सीमानजिक गोली हानी खसालि दियो । आफ्नो भूभागमाथि उडाएको र हवाई नियम उल्लङ्घन गरेको टर्कीको आरोप, टर्की र रुस सम्बन्ध नराम्ररी चिसिएको ।
डिसेम्बर ः
२ अमेरिका । क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा मानसिक सन्तुलन गुमाएका एक दम्पतीले अन्धाधुन्ध गोली प्रहार गर्दा १४ निर्दोषको मृत्यु, पछि प्रहरीले पनि उनीहरुलाई घटनास्थलमै गोली प्रहार गरेको ।
६, भेनेजुएला । इन्धनको धनी कहलिएको राष्ट्र भेनेजुएला आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा १६ वर्षपछि संसदमा मध्य र दक्षिणपन्थी गठबन्धनले पहिलो विपक्षी दल बन्न अवसर प्राप्त ।
१२, विश्वव्यापी वातावरण – विश्वव्यापी तापमान वृद्धि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै १९५ राष्ट्रका प्रतिनिधिद्वारा ऐतिहासिक सम्झौतामा हस्ताक्षर ।
१२, साउदी अरेबिया । मुलुकको नगर परिषदको निर्वाचनमा कम्तीमा २० जना महिला नेत्री विजयी । महिलामाथि विभिन्न खाले प्रतिबन्ध लागिरहेको यस मुलुकमा महिला नेत्री विजयी हुनु एक ऐतिहासिक परिवर्तन भएको टिप्पणी ।
१४, चलचित्र । बहुप्रतिक्षित, स्टार वार्स ः द फोर्स अवेकन्स नामक हलिउड चलचित्रको प्रथमप्रदर्शनी नायक नायिका तथा अन्य अभिनयकर्मीको फोटो खिच्न र अटोग्राफ लिन पछिल्ला दिनहरु भिडभाड ।
१६, संयुक्त राज्य अमेरिका – विगतका नौ वर्षभन्दा बढी समयदेखि स्थिर रहेको मूल ब्याज दरलाई अमेरिकी केन्द्रीय बैंक ९यूएस फेडरल रिजर्भ० ले पहिलो पटक बढायो ।
१८, सिरिया । पाँचवर्ष लामो आन्तरिक युद्धग्रस्त सिरियामा स्थायी शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वसम्मतबाट एक शान्ति प्रस्ताव पारित तर उक्त प्रस्तावले स्थायी प्रक्रियाका बाधक मानिने राष्ट्रपति बसार अल असादको भाग्यबारे कुनै सम्बोधन नगरेको टिप्पणी ।
१८, रुवान्डा । रुवान्डाका राष्ट्रपति पालका कागामेलाई सन् २०३४ सम्म शासन गर्न सहज हुने गरी संविधान नै परिवर्तन गर्नको लागि मतदान सम्पन्न ।
२१– फुटबल खेलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाका अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष माइकल प्लाटिनीलाई आठ वर्षसम्म प्रतिबन्ध र दुबैजनालाई ठूलो रकम भ्रष्टाचारको आरोप । अन्य सातजना पदाधिकारीलाई गत मे २७ का दिन स्विट्जरल्यान्डको जुरिचमा गिरफ्तार गरिएको थियो । रासस÷एएफपी