एमाले सर्लाहीका नेता रायको हत्या, एमाले स्तब्ध


uml leader killedनेकपा(एमाले) सर्लाही जिल्ला कमिटीका सदस्य ६५ वर्षीय रामनरेश रायलाई मंगलबार बिहान अज्ञात समूहले टाउको र मुखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कविलासी गाविस– ८ हेमपुर बस्ने राय बिहान ७ बजेतिर प्रातःभ्रमणमा जाँदा कविलासी– ८ स्थित हेमपुरमै अज्ञात समूहले टाउको र मुखमा धारिलो हतियारले प्रहार गरी भागेको थियो । नेता रायको घटनास्थलमै मृत्यु भएको छ । हालसम्म घटनामा संलग्न समूहलाई पहिचान गर्न नसकिएको र सोबारे अनुसन्धान जारी रहेको जिप्रका सर्लाहीले जनाएको छ ।

हत्याले एमाले स्तब्ध

नेकपा (एमाले), सर्लाही जिल्ला कमिटीका सदस्य रामनरेश राय यादवको आज बिहान हत्या भएको खबरले पार्टीे पार्टी स्तब्ध भएको एमालेले जनाएको छ ।   हेमपुर गाविसस्थित–७ मा आफ्नै निवासबाट पैदल यात्राका क्रममा आपराधिक समूहले धारिलो हतियार प्रयोग गरी उहाँको हत्या गरी स्थानीय उखुबारीमा शव फालिदिएको थियो । यादव पार्टीको जिल्ला कमिटी सदस्य साथै जिविसको पूर्वसदस्य र समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँ पछिल्लो समयमा नेपाल राष्ट्र, नेपालको संविधान र राष्ट्रिय एकताका सन्दर्भमा फैलाइएका गलत भ्रम चिर्न र जनतालाई वास्तविक तथ्य बुझाउन सक्रियतापूर्वक लाग्नुभएको थियो । उहाँले गत मङ्सिर २१ र २२ गते चितवनको सौराहामा सम्पन्न पार्टीको राष्ट्रिय भेलामा तराई–मधेसको आन्दोलनको वास्तविकताका बारेमा स्पष्ट धारणा राख्नुभएको थियो । एमाले महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी उहाँको हत्याको निन्दा र भत्र्सना गर्नुभएको छ । “सम्पूर्ण तागत लगाएर हत्यारालाई गिरफ्तार गरी कारबाही गर्न एमाले सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ र पछिल्ला दिनमा तराई–मधेसमा बिग्रँदो शान्ति सुरक्षाको अवस्था तथा जनताले भोग्नुपरिरहेको असुरक्षाका बारेमा ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दछ” – विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?