अष्ट्रेलियन सेन्ट्रल लिंकले ७३ हजारको तथ्यांकमा गडबडी गरेपछि


centre lin kलाखौं अष्ट्रेलियनहरुले आफ्नो कारोबार र कामको विवरण व्यवस्थित बनाउन उपयोग गर्ने सेन्ट्रल लिंकले क्रिमसको बेला करिब ७३ हजार परिवारलाई उनीहरु प्रत्येकले ८ सय डलर तिर्न बाँकी देखाएपछि यतिबेला यो विषयले चर्चा पाएको छ । तिर्नै नपर्ने रकम पनि तिर्न बाँकी छ भनेर पठाइएको यस्तो मेल कम्प्युटरमा आएको खराबीका कारण भएको भन्दै सेन्ट्रल लिंकले यतिबेला सामूहिक माफी मागेको छ । गत नोभेम्बर र डिसेम्बरमा सेन्ट्रल लिंकको वेवसाईटमा समस्या आएको थियो । सेन्ट्रललिंकका प्रवक्ताले बिहीबार भनेका छन्, कम्प्युटरमा आएको खराबीले यस्तो समस्या देखिए पनि हामीले त्यसलाई समाधान गरिसकेका छौं । अनावश्यक रुपमा कसैले पनि रकम तिर्नुपर्ने भएको छैन । अनलाईन एकाउन्ट र एपहरुमा देखाइएको तिर्नुपर्ने रकम हामीले हटाइसकेका छौं । यसबाट पर्न गएको असुविधाको लागि हामी माफी चाहन्छौं, प्रवक्ताले भनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?