पूर्वी सिरियाको नयाँ क्षेत्र आईएस समूहको नियन्त्रणमा


siriyaसिरियामा आन्दोलनरत् प्रतिपक्षी दलले इस्लामिक स्टेट (आईएस) लडाकूले सिरियाको पूर्वी क्षेत्रमा अवस्थित थप भूभागलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ । सिरियाली राष्ट्रपति  बसार अल असादलाई सत्ता छोड्न दबाब दिँदै आन्दोलनरत् प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताले पूर्वी सहर आईएसको कब्जामा जानु सरकार कमजोर भएको सङ्केत बताएका छन् । प्रतिपक्षी दलका नेता ओमार अबु लेइलाले आईएस लडाकूद्वारा आयास सहर तथा वरपरको भूभाग उनीहरूको नियन्त्रणमा लिएको बताउनुहँुदै यो टिप्पणी गर्नूभएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन् । सिरियामा कार्यरत् मानवअधिकार अनुगमन गर्ने बेलायत अवस्थित उक्त संस्थाले आयासको उत्तरी भागलाई नियन्त्रणमा लिएको बताएको छ । आईएस लडाकूले एउटा सैनिक शिविर, सैन्य हवाई अखडा र वरपरको भागलाई लिएको पुष्टि गरेको छ । यससँगै आईएसले कब्जामा डेरएलजोर प्रान्तको राजधानीसहित धेरैजसो भूभाग नियन्त्रणमा गएको छ भने यस प्रान्तका उत्तरी जिल्लाहरूमा सरकारको नियन्त्रण कायम रहेको छ । यसैबीच बसार अल असाद नेतृत्वको सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै गएको हप्ताको अन्त्यतिर डेरएलजोर सहरलाई नियन्त्रणमा लिने क्रममा ठूलो सङ्ख्यामा स्थानीयको हत्या गरेको जनाएको छ । सरकारी अधिकारीले बताएअनुसार आतङ्कवादी लडाकूले निहत्था ३०० जनाभन्दा बढी मानिसको हत्या गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?