नेपाली समूदायलाई लक्षित गरी सुरु भयो मेरो स्टुडियो, मेटलमा पोष्टर प्रिन्ट गर्ने सुविधा


merostudio
Managing Director of merostudio – Tirtha Acharya and Dipti Khadka

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई लक्षित गरी मेटल, ग्लास र क्यानभासमा फोटो प्रिन्ट गर्ने सुविधासहितको मेरो स्टुडियो सञ्चालनमा आएको छ । आइतबार अबर्नमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेरो स्टुडियोको विजनेश पोर्टल सार्वजनिक गरिएको छ । www.merostudio.com.au मा गएर आफ्ना तस्वीरहरुलाई विभिन्न स्वरुपमा प्रिन्टको अर्डर गर्न सकिने सुविधा रहेको यो कम्पनी नेपाली समूदायले खोलेको पहिलो कम्पनी हो । कम्पनीका प्रबन्ध निर्देशक दिप्ती खड्काले भनिन्, “हामी यहाँका सुविधासम्पन्न घरहरुमा पुग्छौं । त्यहाँ विभिन्न आकृतिहरु भित्तामा टांगिएको हुन्छ । यी आकृति वर्षौंसम्म टिक्छन् कुनै मेटलमा त कुनै ग्लासमा प्रिन्ट गरिएका हुन्छन् भने कुनै क्यानभासमा । अब हामीले नेपाली कला, संस्कृति झल्काउने सामग्रीहरु पनि यसैगरी प्रिन्ट गरेर आफ्नो घरको भित्ता सजाउन सक्छौं, आफ्नो अपार्टमेन्टलाई नेपालीपन दिन सक्छौं ।” पत्रकार सम्मेलनमा संस्थाका अर्का प्रबन्ध निर्देशक तीर्थ आचार्यले अर्डर गरेको एक साताभित्रै डेलिभरि दिन सकिने व्यवस्था गरिएको बताए । “यी सबै सामग्री सिंगापुरमा प्रिन्ट हुनेछन् । गुणस्तरमा हामीले कुनै सम्झौता नगरिकन नेपालीपन घर घरमा लैजाने सोच बनाएका हौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?