अस्ट्रेलियाको सहयोगमा स्वास्थ्य तथा सञ्चार उपकरण


glen whiteनेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले आज एक कार्यक्रममा मेडिकल तथा सञ्चार उपकरण हिमालयन उद्धार सङ्घ नेपाललाई हस्तान्तरण गर्नुभएको छ । अस्ट्रेलियाली राजदूतावासको आर्थिक सहयोगमा खरिद गरिएका ती सामग्री मनाङ स्वास्थ्य चौकी र फेरिचे स्वास्थ्य चौकीलाई प्रदान गरिने बताइएको छ । राजदूत ह्वाइटले सङ्घद्वारा मनाङ, फेरिचेमा स्थानीयवासी र भरियाका लागि पु¥याइँदै आएको स्वास्थ्य सेवाका लागि ती सामग्री महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष डिबी कोइरालाले हिमाली तथा पहाडी भेगमा जाने पर्यटक तथा पोर्टरलाई हुने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सङ्घले विभिन्न स्वास्थ्य चौकीको स्थापना र शिविरको आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो । प्राप्त भएका सामानमा करिब रु ६० लाख बराबरका स्वास्थ्य सामग्री रहेको उहाँले जानकारी दिनुभयो । सन् १९७३ मा स्थापित सङ्घले सगरमाथा आधारशिविर तथा मनाङ, गोसाइकुण्डलगायतका स्थानमा स्वास्थ्य चौकीको स्थापना गर्नुका साथै स्वास्थ्यसम्बन्धी गतिविधि गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?