टीआरसीसी ९ ए साईड फुटबल प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहने


Expert Group 9 A saide Footballअन्तरराज्य ९ ए साईड फुटबल प्रतियोगिता आइतबार हुने भएको छ । यसमा सिड्नी र मेलबर्नका १८ वटा टिम सहभागी हुनेछन् । आइतबार एकै दिनमा प्रतियोगिताका सबै खेल सम्पन्न हुनेछन् । एक्सपर्ट एजुकेशन प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
प्रतियोगितामा तामांग रिक्रियशन क्लबका अध्यक्ष अरुण तामांगले हरेक वर्ष खेलाडीको प्रोत्साहनका लागि आयोजना गरिने यस प्रतियोगितामा मेलबर्नबाट पनि दुई टिम सहभागी हुने बताउनुभयो । जनवरी ३१ तारिख आइतबारका दिन पूरै प्रतियोगिता एकै दिनमा सम्पन्न गर्ने योजना छ । १८ वटा टिम सहभागी रहने यो कार्यक्रममा पहिलो हुने टिमले एक हजार डलर र ट्रफी पाउने तथा दोश्रो हुनेले ५ सय डलरका साथै ट्रफी पनि प्राप्त गर्ने जनाइएको छ । मेलबर्नबाट यति एफसी र युनाईटेड एफसी सहभागी हुनेछन् भने बाँकी १६ वटा टिम सिड्नीका रहेका छन् ।
यस प्रतियोगिताका म्याच कमिश्नर तथा प्रतियोगिताका निर्देशक राजु मानन्धरले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता सौहाद्र्रपूर्ण रुपमा सम्पन्न गर्नका लागि खेलाडी, आयोजक, प्रायोजक सहित दर्शकहरुको पनि सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । यसअघिको प्रतियोगितामा पनि सफलतापूर्वक जिम्मेवारी सम्हालेको कारण नै यस पटक पनि म्याच कमिश्नरको भूमिका प्राप्त गरेको उहाँले बताउनुभयो । अष्ट्रेलियामा हुने हरेक प्रतियोगितामा खेलाडीको स्तर बृद्धि हुँदै गएको मानन्धरले बताउनुभयो । दर्शकहरु बढ्न नसकेकोमा दुःख व्यक्त गर्दै नेपाली समूदायका सदस्यहरुले आफुलाई यस्ता प्रतियोगिताहरुमा सहभागी गराउने क्रम अघि बढाउनुपर्ने पनि उहाँको आग्रह छ ।
एक्सपर्ट एजुकेशन ग्रुपका प्रबन्ध निर्देशक सञ्जीव शर्माले तामांग रिक्रियशन क्लबले प्रमुख प्रायोजकको रुपमा ९ ए साईड फुटबलमा सहभागिता जनाउने अवसर दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अनुशासनको भावनाबाट नेपाली समूदायमा खेलको भावना जगाउने कार्यमा यो प्रतियोगिताले योगदान दिने पनि आशा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?