खानीमा पुरिएका कामदार छत्तिस दिनपछि जीवितै उद्धार


mine workerचीनमा खानीमा थुनिएका दुई कामदारलाई ३६ दिनपछि जीवितै उद्धार गरिएको छ । उनीहरू चीनको पूर्वी ईलाका स्यानडोङ प्रान्तमा अवस्थित एक खानी भासिँदा जमिनमुनि विगत ३६ दिनदेखि थुनिएर रहेका थिए । सन् २०१५ को डिसेम्बर २५ गते खानीभित्र पुरिएका थिए । उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीले जमिनमुनि पुरिएकै अवस्थामा रहेका अन्य दुई कामदार पनि जीवितै रहेको जानकारी आएको र शुक्रबार रातिसम्म उद्धार गरिने बताए । उद्धार टोलीले जमिनमुनि थुनिएका कामदारलाई निकाल्न दुई वटा ठूला खाडल खनी घिर्नीको सहायतामा बाहिर निकालिएको बतायोे । बाओटाई सहरको नजिकरहेको जिपसप खानी अचानक भासिँदा एक जनाको मृत्यु हुनाका साथै १७ जना खानीभित्र पुरिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?