ईस्लामिक समूह परास्त नभएसम्म रसियाले सिरियामा आक्रमण गरिरहने
रसियाका विदेशमन्त्री सर्गेई लाभारोभले आफ्नो ओमन भ्रमणका क्रममा यहाँका सञ्चारकर्मीसँगको कुराकानीमा रसियाले सिरियामाथि चलाउँदै आएको हवाई कारबाही सिरियामा आतङ्ककारी गतिविधि चलाउँदै आएका इस्लामिक समूह परास्त नहुँदासम्म जारी राख्ने बताउनुभयो । रसियाली हवाई कारबाही सिरियामा सक्रिय आईएसआईएल र जभात अल–नुस्राजस्ता आतङ्कवादी समूह परास्त नहुँदासम्म जारी रहने छन्, लाभारोभले भन्नुभयो । मलाई वर्तमान् हवाई आक्रमण रोकिनुपर्ने कुनै कारण भएजस्तो लाग्दैन, उहाँले थप्नुभयो । रसियाली विदेशमन्त्री लाभारोभले रसियाद्वारा आफ्नो कारबाही तब रोक्नेछ, जहिले टर्की र सिरियाको सिमाना वरिपरी तस्करी रोकिने छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान र उहाँको परिवारले सीमा क्षेत्रमा गैरकानुनी रूपमा तेल व्यापार गरेको रसियाले अङ्करामाथि आरोप लगाउँदै आएको छ । यसको टर्कीका अधिकारीले कडा प्रतिवाद गर्दै आएका छन् ।