बंगलादेशलाई तीन शून्यमा रोक्दै नेपाली चेलीहरुको सुखद सुरुवात
भारतमा सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । भारतको सेलुङमा आज नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नेपालको जितमा दीपा अधिकारी, अनु लामा तथा निरु थापाले समान एक÷एक गोल गरे । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।