साग खेलकुद, महिला फुटबलमा नेपालको लगातार दोस्रो जित


g]kfn / dfnlbE;sf km’6an v]nf8L ef/tsf] l;nf]+udf ePsf] !@cf}F blIf0f Pl;ofnL v]ns’bcGtu{tsf] km’6andf le8b} g]kfn / dfnlbE;sf v]nf8L . ;f}hGo M /fv]k, /f;;

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल प्रतियोगिता अन्तर्गत आज महिला फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । नेपालले यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो । नेपाली टोलीका कप्तान अनु लामाले खेलको पहिलो हाफको ३६औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । त्यस्तै नेपालका लागि दोस्रो अग्रता भने नीरु थापाले लिइन् । उनले खेलको ८८औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २८ गते आयोजक भारतसँग खेल्नेछ ।
नेपाललाई थप दुई पदक
भारतको अर्काे स्थान सिलाङमा जारी साग खेलकुदअन्तर्गत नेपालले आज थप दुई हात पारेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता गुरुङले रजत पदक हात पार्न सफल हुनुभएकोे छ । थप दुई रजत पदकसँगै नेपालको पदक सङ्ख्या पाँच पुगेको छ । तिनमा रजत तीन र कास्यपदक दुई छन् । नेपालले शनिबार रजतसहित तीन पदक प्राप्त गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?