नेहा पुन हत्याका अभियुक्त सार्वजनिक, शरीरको भोकले निम्त्याएको दर्दनाक हत्या
यही माघ १८ गते राति आफ्नै घर पछाडि हत्या गरी फालिएकी योरुना पुनका हत्यारालाई पक्राउ गरी कास्की प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी पुनको हत्यामा संलग्न भनिएका पोखरा–९ नयाँ बजारका २१ वर्षीय कीर्तन खड्गीलाई सार्वजनिक गरेको हो । घटनानुसार सो दिन बेलुका न्युरोडको एक रेस्टुरेन्टमा सँगै बसी मादक पदार्थ सेवन गरेका थिए । राति ९ बजेतिर अभियुक्त खड्गीले पुनलाई घर पु¥याउन आफ्नो मोटरसाइकलमा राखी नयाँगाउँतर्पm गएको र घर नजिकै पुगेपछि खड्गीले उनलाई “आज तिमी घर नजाऊ, लेकसाइडतिर घुमौंँ र त्यतै होटलमा बसौँ” भन्ने प्रस्ताव राखेकामा पुनले सिधै अस्वीकार गरेपछि उठी हेल्मेटले हानेर हत्या गरेको अभियुक्तले दिएको वयानमा उल्लेख छ । यसपछि शारीििरक सम्पर्कका लागि लुगा खोलेको तर टाउकोमा रगत देखेपछि आत्तिएर भागेको पनि अभियुक्तले बयानमा बताएका छन् । नता केही नभए पनि दाजु भनेर सम्बोधन गर्ने गरेको र उसले पनि बहिनीकै रुपमा मानेको देखिएको छ । महिला हिंसाका यस्ता घटनामा नजिकको नातेदारबाट नै आक्रमण हुने गरेको पाइएको प्रहरले जनाएको छ । मृतक पुन न्युरोडको स्माइल क्याफेमा कार्यरत तथा खड्गी गेम हाउस सञ्चालक रहेको प्रहरीले जनाएको छ । यसअघि स्थानयि वासिन्दाहरुले उनको हत्यारालाई कडा कारवाहीको माग गर्दै पत्रकार सम्मेलन कक्ष बाहिर प्रदर्शन गरेका थिए ।