राष्ट्रपति असादको दिनगन्ती सुरु भएको साउदी अरबको दाबी, रसिया असफल हुने
साउदी अरबले रसियाको सिरियाका राष्ट्रपति बसार अल असादलाई सत्तामा टिकाइराख्न गरेको प्रयास अन्ततः असफल हुने बताएको छ । आइतबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा साउदी अरबका विदेशमन्त्री अदेल–अल–जुबैरले सिरियाली राष्ट्रपतिलाई रसियाद्वारा पु¥याउँदै आएको सहयोग समग्र सिरियाकै हित अनुकुल नहुने भन्दै रसियाले सिरियाको सत्ता पक्षलाई युद्धका लागी पु¥याउँदै आएकोे सहयोग रोक्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, रसिया यस विषयमा अन्नतः असफल हुनेछ । साउदी विदेशमन्त्री जुबैरले थप्नुभयो, यसअघि रसिया र इरानद्वारा असादलाई सत्तामा टिकाइराख्न गरेको सहयोग असफल भएको र अब पनि उनीहरुले असादलाई सत्तामा टिकाइराख्न नसक्ने बताउनुभयो । अहिले असाद आफैँ सत्तामा रहन असफल भएपछि रसियासँग सहयोग लिएको बताउँदै विदेशमन्त्री जुबैरले भन्नुभयो रसियाले असादलाई कुनै पनि हालतमा सत्तामा राख्न चाहे यो प्रयास सफल हुने छैन ।