अमेरिकी डलरको मुठामा कागज राखेर ठग्ने दुई जना सार्वजनिक


kqmfp cd]l/sL 8n/ @&( ;lxt gjnk/f;Ldf kqmfp k/]sf b’O{ hgfnfO{ cfOtaf/ lhNnf k|x/L sfof{Nfon] ;fj{Hflgs ub}{ . tl:a/ M k’?iff]Qd ;’a]bL, gjnk/f;L, /f;;

नवलपरासीमा प्रहरीले ठूलो परिमाणमा नक्कली अमेरिकी डलरसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरूको साथबाट बरामद गरेको अमेरिकी डलर २७९ सहित उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ सुनौला बजार–७ का २४ वर्षीय सुरेश कोइराला र उदयपुर गाईघाट–४ का २१ वर्षीय अशोक परियार रहेका छन् । उनीहरूले विभिन्न व्यक्तिसँग विदेशी डलर साट्ने र डलरको मुठाभित्र अन्य कागज राखी ठगी गरी बढी रकम लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अमेरिकी डलरको अवैध कारोबार गर्नेमध्येका योजनाकार भनिएका सिन्धुपाल्चोक घर भएका हरिनाराण श्रेष्ठ र च्याङ्बो भन्ने मानिसको खोजी कार्य भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?