आजको फोटो अफ द डे र मोदीको स्ट्याटस
सुशील देवकोटा, सिड्नी
प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच के विषयमा एक्लाएक्लै कुरा भयो ? यो खुल्न नसके पनि सहमतिका ६ बुँदामा हस्ताक्षर भएकोको छ र समझदारीपत्रहरु आदान प्रदान भएका छन् । भारतीय पक्षले यस पटकको नेपाली प्रधानमन्त्रीको भ्रमणलाई विशेष बनाउन खोजेको त स्वयं मोदीको ट्वीटर स्ट्याटसबाट नै देख्न सकिन्छ ।
उनले ट्वीट गरेको फोटोमा पनि र प्रधानमन्त्रीको प्रेस सल्लाहकारले प्रेषण गरेको फोटोमा पनि गजबको शारीरिक हाउभाउ देख्न सकिन्छ । फोटोमा नेपाली प्रधानमन्त्री ओली गजक्क परेर उभिएका देखिन्छन् भने नरेन्द्र मोदी दुई हात जोडेर नमस्कार गरेको शैलीमा देखिएका छन् । प्रधानमन्त्री ओलीले केही समय अघिदेखि चलिरहेको भारतीय नाकाबन्दीले उत्पन्न असहज अवस्था अब अन्त्य भएको स्वयं मोदीका अगाडि बताए पनि मोदीले भने आफ्नो लिखित भाषणमा केही पनि बोलेका छैनन् ।
एक शब्द पनि ति कुरामा केही नराखी उनले नेपालसँग थप दुई नाकालाई विस्तार गर्ने जुन सहमतिपत्रमा हस्ताक्षर गरेका छन् यी कुराले चीनसँगका नाकाहरुको विषयमा पनि पक्कै यो भेटमा कुराकानी भएको अनुमान गर्न गाह्रो हुने छैन । भोलिका दिनमा नेपालले चीनसँग खोल्ने भनेका नाकाहरु पहिले जस्तै खोल्न ढिलाई गर्ने, नखोल्ने, आदि काम भए भने शायद आश्चर्य मान्नुपर्ने छैन । अर्कोतर्फ, प्रधानमन्त्रीले भारतीय समकक्षीकै अघि ति तीतो समयको पनि उल्लेख गर्नुले यसका बारेमा पक्कै पनि ठूलै कुराकानी भएको र निष्कर्श निकालिएको अनुमान गर्न सकिन्छ । अर्कोतर्फ नेपालले तत्कालका लागि ८० मेगावाट मुजफ्फरपुर, ढल्केबर ट्रान्समिसन लाईनबाट पाउने पक्का भएको छ । त्यसमा पनि थप ६ सय मेगावाट आगामी वर्षसम्म आइसक्ने बताएपछि अब नेपालको लोडसेडिंग सदाका लागि अन्त्य हुने समय थप ट्रान्समिशन लाईन नबन्दासम्म मात्रै हो भन्ने देखिन्छ । त्यसमाथि पनि नरेन्द्र मोदीले नेपालमा भारतले ७ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको पनि बताएका छन् । जुन नेपालका लागि आवश्यक छैन । र, यो भारतमा नै जाने कुरा पनि यसबाट आंकलन गर्न सकिन्छ । नेपाल र भारतबीच उल्टो खालको विद्युत माग रहेको छ । नेपालमा जाडो महिनामा बढी विद्युत माग हुन्छ भने उत्पादन कम । भारतमा भने गर्मी महिनामा बढी विद्युतको माग रहेको हुन्छ । यसैकारण नेपाल र भारतबीच विद्युत व्यापारका विभिन्न आयाम हुन सक्नेछन् । अर्कोतर्फ, पूmलबारी मार्गका बारेमा जुन सहमति भएको छ यसले पनि नेपालले भारतको बाटो हुँदै बंगलादेशको बन्दरगाह प्रयोग गर्दै तेश्रो देशबाट सामान आयात गर्ने नयाँ आयाम भेटेको छ । हरेक पटक सहमति हुने र तिनको कार्यान्वयनमा वर्षौ लाग्ने रोगबाट मुक्त हुने हो भने बाहिर आएका र भित्र भएका संकेतहरु पक्कै पनि सकारात्मक नै छन् । यी संकेतलाई नेपालको सम्प्रभूताको रक्षा गर्दै अझ सुदृढ बनाउनु र दुई छिमेकीसँग सहअस्तित्व, सहकार्य र सम्बृद्धिको बाटोमा अघि बढ्नु आजको आवश्यकता बनेको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आजको भेट पछि दिएको प्रेस नोट पनि एक पटक पढौं ।
नेपालका प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको प्रेस नोटमा यस्तो लेखिएको छ ः
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतबीच सातबूँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा एक्ला एक्लै वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको व्दिपक्षीय वार्ताका क्रममा नेपाल र भारतबीच सात बूँदै सहझदारी पत्रमा हस्ताक्षर भएको हो ।
जस अनुसार, नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपियाँ अनुदान र ७५ अर्ब सहुलियत ऋणको उपयोग, तराईमा सडक सञ्जालको विस्तार र संगीत तथा नाट्य प्रतिष्ठान क्षेत्रमा सहकार्य सम्बन्धी रहेका छन् ।
यसैगरी, नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेगमार्गको उपयोग गर्ने सम्बन्धी समझदारी पनि रहेका छन् ।
हैदरावाद हाउसमा आयोजित सोही कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढल्केबर मुजफरपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको रिमोट कन्टेलबाट संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
ढल्केबर मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आजैदेखि भारतबाट ८० मेगावाट विद्युत नेपालमा आपूर्ति भएको पनि त्यस अवसरमा जानकारी दिइयो ।
यसअघि विहान प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्पति भवनमा आयोजित विशेष समारोहमा राजकीय सम्मानका साथ स्वागत गर्नुभएको थियो ।
समारोहमा भारतीय सेनाले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीको सम्मानमा त्यस अवसरमा नेपाल र भारतका राष्ट्यि धून बजाइएका थिए ।
प्रधानमन्त्री ओलीले भारतीय सेनाको सलामीको निरीक्षण गर्नुभयो ।
प्रधानमन्त्रीको स्वागतका लागि भारतका विदेशमन्त्री सुषमा स्वराज, वित्तमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री मनोहर तरिकार र ऊर्जामन्त्री पियुष गोयल उपस्थिति हुनुहुन्थ्यो ।
स्वागत समारोहमा सरिक हुनुभए लगत्तै प्रधानमन्त्री के.पी. शर्मा ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा जानुभई स्वर्गीय महात्मा गान्धीको समाधीस्थलमा पुष्पहार चढाउनु भयो ।
प्रधानमन्त्री ओलीले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँग राष्ट्पति भवनमा आजै भारतका विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहले शिष्टाचार भेट गर्नभयो ।