अझै पनि हस्तलिखित राहदानी नै लिएर विमानस्थल पुग्छन् नेपाली


Rajendra Pandey Deputy Chief of Mission Embassy of Nepal Canberraअझै पनि नेपालीहरु हस्तलिखित पासपोर्ट बोकेर नै विमानस्थल पुग्ने गरेको घटना अष्ट्रेलियामा सार्वजनिक भएको छ । अष्ट्रेलियामा बसोबास गर्ने केही नेपालीहरुले जानकारीको अभावमा हस्तलिखित राहदानी नै प्रयोग गरिरहेको पाइएको हो । क्यानबेरास्थित नेपाली दूतावासका डेप्युटी चिफ अफ दि मिशन राजेन्द्र पाण्डेका अनुसार यस्ता घटनामा दूतावासले चिठ्ठी लेखिदिएर र अध्यागमन अधिकारीहरुलाई अनुरोध गरेर उनीहरुलाई नेपाल पठाउने व्यवस्था गरेको उहाँको भनाई छ । पाण्डेले भन्नुभयो सबैले मेशिन रिडेबल पासपोर्ट बनाइसक्नुभयो । तर, अझै पनि कतिपय भने विमानस्थलमा पुगेर अलपत्र परेको अवस्थामा उद्धार गर्नुपरेका घटना पनि छन् ।”
नोभेम्बर २० पछि कम्तिमा पनि ८ जनालाई यसरी विमानस्थलबाट नै उद्धार गर्नुपरेको उहाँले बताउनुभयो । “अन्तर्राष्ट्रिय नियम अनुसार पासपोर्ट जारी गर्ने देश नै जान लागेको अवस्थामा हस्तलिखित राहदानी भएकाहरुलाई पनि त्यहाँ जान दिन सकिन्छ । अन्य देशमा जान भने यो पासपोर्टले काम गर्दैन । तर, अध्यागमन अधिकारीहरुले दूतावासको सिफारिश भएपछि र यात्रा गर्ने व्यक्ति नेपालमा एमआरपी बनाएर फर्किने कुराको जानकारी आधिकारिक रुपमा आएपछि मात्रै जान दिने गरेको छ ।” पाण्डेले भन्नुभयो । यसैगरी पाण्डेले दूतावासमा एमआरपी बनाउनेहरुको चाप यतिबेला निकै कम भएको पनि बताउनुभयो । “व्यवस्थित रुपमा हामीले एमआरपी आवेदन दिएकाहरुको पासपोर्टको विवरण वेवसाईटमा हालिदिएका छौं । पासपोर्ट बनिसकेपछि दूतावासमै आएर तथा हुलाक मार्फत पनि वितरण कार्य अघि बढेको छ”, पाण्डेले भन्नुभयो । यसका साथै एनआरएन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा रहेका महावाणिज्यदूतको कार्यालयहरुको सहकार्यमा पनि पासपोर्ट वितरण गरिएको छ । यसै सिलसिलामा एनआरएन न्यूसाउथवेल्सको संयोजनमा आगामी साता फेब्रुअरी २७ तारिखका दिन सिड्नीको हष्र्टभिलस्थित सिभिक थियटरबाट एमआरपी वितरण गर्ने भएको छ । यसैबीच दूतावासले नेपालमा पर्यटन प्रबद्र्धनका लागि यहाँको समूदायमा विभिन्न कार्यक्रम गर्ने योजना बनाइरहेको समेत पाण्डेले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?