अफ्रिकाको बालबालिकाबारे डरलाग्दो तथ्यांक सार्वजनिक


africaअफ्रिकामा हरेक पाँच शिशुमध्ये एकले जीवन रक्षाका लागि अत्यन्तै आधारभूत मानिने खोप सेवा नलिने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार सार्वजनिक प्रतिवेदनमा बताइएको छ । अफ्रिकामा यस पहिलेको तुलनामा आफ्ना बालबालिकालाई खोप दिलाउने बानीमा व्यापके वृद्धि भए पनि अझै करिब २० प्रतिशत बालबालिका खोप सेवाबाट वञ्चित रहँदै आएका उक्त प्रतिवेदनमा जनाइएको छ । डब्लुएचओले पछिल्लो समय अध्ययन गरी तयार पारेको प्रतिवेदनमा अफ्रिकी बालबालिकामा खोप लिने बानीमा व्यापकता आएपनि हरेक पाँच बालबालिकामध्ये एकले विभिन्न कारणबाट खोप सेवाबाट वञ्चित रहने गरको पाइएको बताएको छ ।
खोपबारे सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले व्यापक जनचेतनामूलक कार्यक्रममार्फत अफ्रिकी जनतालाई आफ्ना शिशुहरुलाई दिनैपर्ने आधारभूत खोप सेवा लिन गरिएको आह्वान पछि सन् २००० मा ५७ प्रतिशत बालबालिकाले लिने गरेको सेवामा वृद्धि भई सन् २०१४ सम्म ८० प्रतिशतमा पुगेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “खोप लिने बानीमा व्यापकता आएको छ । यसलाई अझ प्रभावकारी बनाउन दादुरा, रुबेला र नवजात शिशुमा लाग्ने टिटानस रोगबाट उनीहरुलाई बचाउन थप कार्यक्रम आवश्यक रहने छन् । ” दादुरा, रुबेला तथा टिटानसको विश्वका केही भागमा निर्मूृल भए पनि अझै अफ्रिकामा यसको घातक सङ्क्रमण हुने गरेको विभिन्न अध्ययनले बताउदै आएका छन् । “हामी हाम्रा बालबालिकालाई विनासकारी रोग सङ्क्रमणबाट जोगाउन अझ धेरै गर्न सक्छौँ, र गर्नुपर्छ पनि”¬–इथियोपियाका स्वास्थ्य मन्त्री केसेटेविर्हान आदममले भन्नुभयो । खोप निर्मूलीकरणका लागि बिहीबारदेखि हुने दुई दिने सम्मेलनको आयोजक राष्ट्र इथियोपियाका स्वास्थ्य मन्त्रीले भन्नुभयो, “जनतालाई स्वस्थ्य राख्नु हाम्रो जिम्मेवारीमात्र नभई यो यहाँको अर्थतन्त्र विकासका लागि विवेकी निर्णय पनि हुनेछ ।” अफ्रिकासँग आफ्ना जनतालाई स्वस्थ्य राख्न र उनीहरुको उज्यालो भाविश्यको बाटो सिर्जना गरिदिने कुरामा प्रशस्त सम्भावना छन् र यसका लागि हामी सबै एक भई सबै अफ्रिकी बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन आवश्यक जिम्मेवारी निर्वाह गर्नुपर्छ, डब्लुएचओका अफ्रिकी क्षेत्रीय निर्देशक भ्याटासिडिसो मोएतीले बताउनुभयो । प्रत्येक पाँच बालबालिकामा एक जना आधारभूत खोप सेवाबाट टाढा रहनु स्वीकार्य अवस्था नभएको भन्दै मोएटीले प्रतिवेदनलाई आधार मान्दै राम्रो परिणामका लागि सुधार प्रयास थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?