नेपाल प्याराग्लाइडिङ प्रि–वल्र्ड कप तथा खुला प्रतियोगिता सुरु


paraglidingसाहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता यहाँ सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्घनमा भएको सो प्रतियोगितामा सहभागी पाइलटले पर्यटकीयस्थल सराङकोटको एक हजार ४०० मिको उचाइबाट उडान भरी फेवातालको किनारास्थित खपौदीमा अवतरण गरेका थिए । प्रतियोगिताको पहिलो दिन प्राविधिकबाट सराङकोटमा पोखराको आकाश र टाक्सका बारेमा सहभागी पाइलटलाई विस्तृत जानकारी गराइएको थियो । यही फागुन २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत आज भएका अभ्यास खेलका रुपमा सराङकोटबाट गरिएका खेलको सहभागीको अङ्क भने नजोडिने नाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा खुला प्याराग्लाइडिङ प्रतियोगिताको १७औँ संस्करणसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएकाले आगामी वर्ष नेपालमा विश्वकप प्याराग्लाइडिङ खेल हुने तयारी स्वरुप प्रि–वल्र्ड कप आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल सहित २६ राष्ट्रका १५० प्याराग्लाइडिङका पाइलट सहभागी छन् । डेढ सय राष्ट्रका २०० बढी पाइलटबाट उनीहरूको उत्कृष्टताका आधारमा छनोट गरिएको प्राविधिक संयोजक रवीन गुरुङले बताउनुभयो । नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासहित पाँच खेलमा प्रतिस्पर्धा हुने प्रतियोगितामा खुलातर्फ विजेताले रु ५० हजार, उपविजेताले रु ४० हजार, तेस्रो विजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी नेपालीबीचको प्रतिस्पर्धामा विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र सान्त्वना हुने दुई जनाले जनही रु पाँच÷पाँच हजार र साथमा ट्रफी प्राप्त गर्नेछन् । महिला र स्पोर्ट क्लासतर्फको विजेतालाई जनही रु ३०÷३० हजार, उपविजेतालाई रु २०÷२० हजार र तेस्रो हुनेलाई रु १०÷१० हजार र साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । आजै साँझ लेकसाइडस्थित बाराही चोकबाट राष्ट्रिय झन्डा र बाजागाजासहितको स्वदेशी तथा विदेशी, प्याराग्लाइडिङ पाइलटद्वारा मार्चपास समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?